बाढीले महिला तथा बालबालिका बढि प्रभावित


प्रकाशित मिति :2017-08-13 13:46:29

-महिलाखबर

सुनसरी । शुक्रबारदेखिको लगातारको वर्षाका कारण पूर्वको जनजीवन अस्तव्यस्त बनेको छ । बाढीको कारण सबैभन्दा धेरै महिला र बालबालिका प्रभावित भएका छन् ।

ज्यान गुमाउनेमा पनि महिला र बालिका बढि छन् । बाढीका कारण सुनसरीको इटहरीमा सात जनाले ज्यान गुमाएका छन् । पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा लगायतका जिल्लाहरुका सयांै बस्ती डुबानमा परेका छन् ।

सुनसरीको इटहरीमा दुई महिला, दुई बालिका सहित आठ सात जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा माला साह, सिठी साह, रुपेश राई, रुपसनी राई, इश्वर सुनुवार छन् । अरुको भने नाम खुलेको छैन ।

दर्जन बढि सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ । खोला किनारको वस्तीका बासिन्दाको विजोग भएको छ । खोजी तथा उद्धार कार्यमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटेका छन् । भारी वर्षा र सञ्चार सम्पर्क अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ ।

बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । १७ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: