-सर्मिला बुढाथोकी-
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएका महिला हिंसा तथा विभिन्न अपराधिक घट्नाहरुमा झण्डै ७५ प्रतिशत घटना घरेलु मदिराको कारण हुने गरेको पाइएको छ ।

बिभिन्न ठाँउबाट बरामद गरिएको घरेलु मदिरा र नष्ट गर्दै प्रहरी ।
जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष ०७३-०७४ मा १ सय ८९ वटा अपराधिक घट्ना दर्ता भएका थिए । जसमा बलात्कार, जबरजस्ती करणी उद्योग, बालविवाह लगायतका २० वटा महिला हिंसाका घटना रहेका थिए ।
यि घटनामध्ये झण्डै ७५ प्रतिशत घटनाको कारण कहि न कहि घरेलु मदिरासँग जोडिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । अधिकांश अपराधिक घटना घरेलु मदिरा सेवनबाट हुने गरेको पाईएपछि प्रहरीले यसको नियन्त्रणको लागि विशेष अभियान सुरु गरेको छ ।
अभियानकै क्रममा प्रहरीले शनिबार १ हजार लिटर घरेलु मदिरा, २ हजार ८ सय १५ लिटर घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, विगु गाँउपालिकाका, बैतेश्वर गाँउपालिका, मेलुङ गाँउपालिका र तामाकोसी गाँउपालिकाको विभिन्न क्षेत्रबाट बरामद गरेको मदिरा नष्ट गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।
Comment Here!