-महिला खवर-
कपिलवस्तु । वाणगंगा ४ डुंगा निवासी वर्ष ३६ कि क्यान्सर पीडित कमला पौडेल उपचारको लागि सहयोग जुट्न थालेको छ । आर्थिक अभावमा उपचार नगराई घरमै बसेकी कमलाको अवस्थाबारे महिला खबरले समाचार प्रकाशित गरेपछि उहाँको उपचार खर्च जुट्न थालेको हो ।
गत वैशाख देखि शरीरको तल्लो पेट दुख्ने र रगत बग्न थालेपछि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि गएपनि खर्च अभावमा कमला उपचार नगराई फर्कनुभएको थियो । उहाँलाई डाक्टरले पाठेघरको क्यान्सर दोस्रो चरणमा पुगिसकेको बताएका थिए ।
सो समाचार महिलाखबरले प्रकाशित गरेपनि स्थानीय समाजसेवी एकल महिला रुपा गुरुङको सहयोगमा उनलाई उपचारको लागि आइतवार उपचारका लागि भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगिएको छ ।
गुरुङले पीडित कमला पौडेलको नाममा राष्ट्रिय वाणिंज्य वैंकमा ३५३०००१५१३१० नम्बरको बैंक खाता खोलिदिएकी छिन । उक्त खातामा रु ५० हजार रकम जम्मा भइसकेको गुरुङले बताउनुभयो । साथै वाणगंगा नगरपालिकाबाट उपचारका लागि सहयोग गर्न भरतपुर अस्पताललाई सिफारिस पत्र बनाई आफैले नै उपचारका लागि भरतपुर लैजान लागेको उहाँले जानकारी दिनुभयो । उहाँले वाणिज्य वैंकको खातामा आर्थिक सहयोग जुटाईदिन उनले सबैमा अनुरोध गर्नुभयो ।
यो पनि हेर्नुहोस :
Comment Here!