प्रकोप पीडितको उद्धार र राहतमा सवैलाई जुट्न महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आग्रह


प्रकाशित मिति :2017-08-14 12:23:48

-महिला खबर-

काठमाडौं । नेपालको तपाई क्षेत्र बाढीपहिरोको ढुवानमा परिरहेको सन्दर्भमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रबक्ता तोयम रायाले आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै बिगत केही दिन यता देशमा परेको निरन्तर बर्षाका कारण बिपत्तिमा पर्नेहरुमा सबैभन्दा धेरै महिला, बालबालिका, अपांग र जेष्ठ नागरिकहरु परेको भन्दै तत्काल उद्धार गरी राहतका लागि सहयोगमा जुट्न सबैलाई अनुरोध गरेका हो ।

‘प्राकृतिक बिपत्तिको मारमा परेका बर्ग समुदाय र व्यक्ति लगायतको उद्धारमा बिशेष सम्बेदनशील बन्न तथा बिपत्तिपछि देखा पर्ने आर्थिक, सामाजिक, स्वास्थ्य लगायतका संकटमा सहयोग गर्न सबै नागरिक एवं राष्ट्रिय अन्तराष्ट्रिय सरकारी गैरसरकारी संस्थाहरुमा अनुरोध गर्दछौं ।’ – मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

नेपालमा रहेका सबै सामाजिक संघ संस्थाहरुलाई प्राकृतिक बिपत्तिका लागि बिशेष पहल गर्न तथा समाजकल्याण परिषदबाट समेत सबै संघसंस्थाहरुसँग समन्वय गरी आबश्यक राहत, उद्धार तथा पुर्नस्थापनाका कामको सहजीकरण गर्न निर्देशन दिइसकिएको बिज्ञप्तीमा उल्लेख छ ।

‘प्राकृतिक प्रकोपले सबै क्षेत्र, समुदाय प्रभावित रहेको अवस्था रहे पनि प्रकोपको सबैभन्दा जोखिम र प्रभाव सहनु परेका शारिरिक रुपमा अशक्तता भएका व्यक्ति, महिला, जेष्ठ नागरिक र वालवालिकालाई राहत तथा प्रकोपपश्चात देखापर्ने श्वास्थ्य लगायतका समस्या समाधानका लागि आबश्यक सहयोग गर्न सबैमा अनुरोध गर्न चहन्छौं।’–बिज्ञप्तीमा भनिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: