बाढीको कहर


प्रकाशित मिति :2017-08-14 15:51:17

-लिलाराज भट्टराई-
सुनसरी । पूर्वी तराईले यसवर्ष ठूलो बाढीको कहर सामना गर्नुपर्यो । बाढीवाट महिला वालवालिका बढि प्रभावित भए । सुनसरीमा बाढीबाट १० जनाको ज्यान गएको छ । ६ जना बेपत्ता छन् । १३ हजार प्रभावित भएका स्थानीय प्रशासनको भनाई छ ।

४ हजार ५ सय जना विस्थापित भएका छन् । सुनसरीको इटहरीमा मात्रै सात जनाको ज्यान गएको छ । इटहरीकी गर्भपमाया राई, उहाँका छोरा रुपेश राई, छोरी रुक्समती राई, इटहरीकै माला सदा, सीटी साहा, अनिता धिमालको बाढीका कारण ज्यान गएको छ ।

यसैगरि भोक्राहकी डोमी देवी मण्डल, ७० बर्षीया मागी खाने बृद्ध र एक जना युवतीको बाढीका कारण ज्यान गएको छ । लगातारको बर्षा र डुवानका कारण इटहरीका मात्र तीनहजार वढि वासिन्दा विस्थापित भएका छन् ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा एक हजार बढिलाई सुरक्षित स्थानमा राखिएको छ । विभिन्न स्थलमा आश्रय लिइरहेका महिला, वालवालिका र जेष्ठ नागरिकलाई स्वास्थ्य समस्या देखिन थालेको छ । स्वास्थ्य समस्याबाट पनि महिलानै वढि प्रभावित देखिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: