-यमुना खनाल-
सिरहा । शुक्रबारदेखि परेको लगातारको वर्षाका कारण सिरहाको जनजीवन अत्यन्त कष्टकर भएको छ । विभिन्न खोलामा बाढी आएपछि सिरहाका अधिकांश भुभाग डुवानमा पर्दा एक सय भन्दा बढी स्थानीय विस्थापित भएका छन् ।
वर्षाको पानी पसेपछि घर भत्किँदा उनीहरु विस्थापित भएका हुन् । बाढीको पानी स्थानीय गरिब बस्ती भित्र पसेपछि महिला, बालबालिका र जेष्ठ नागरिक सबै भन्दा बढी समस्यामा परेका छन् । भने गर्भवती सुत्केरी महिलाहरुको स्वास्थ्यमा समस्या आउन थालेको छ ।
लहान नगरपालिकाको ट्राफिक कार्यलय पछाडी नहरको बाँध फुटेपछि बाढी लहान एकको दलित बस्तीमा पसेपछि ४० परिवार समस्यामा परेका छन् । भने चार परिवार बिस्थापित भएका छन् ।उनीहरु नजिकैको खुल्ला चौरीमा पाल टागेर बसेका छन् ।
सिरहाको कर्जन्हा गाउँपालिका ६ गौताडीस्थित बाढीको पानी स्थानीय पासवान टोलमा पस्दा तीन दर्जन घरमा पसेर करिब चार फिटसम्म जमेको छ भने १५ वटा घर भत्किएका छन् । उनीहरुलाई नजिकैको बिद्यालयमा राखिएको छ । ईर्साहीमामा पनि बाढीमा पसेपछि ५० घर विस्थापित भएका छन् ।
विस्थापितलाई नजिकैको दुईवटा स्कुलमा राखिएको छ । सिरहाको लहानसहित गोलबजार, सुखीपुर, मिर्चैया, सिरहा सदरमुकाम लगायतका बजारहरु पनि डुबानमा परेका छन् ।
बाढी प्रभावितलाई राहत
सिरहा । लहान १, दलित बस्तीका बाढी प्रभाबितलाई विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत वितरण गरेका छन् । इह्रिकन नेपाल, आरेक नेपाल, मानबअधिकार संजाल मुक्ति नेपाल लगायतका संघ संस्थाले ४० घर परिवारलाई राहात बितरण गरेका हुन् ।
उनीहरुका लागि चिउरा, भुजिया, दालमोठ, चाउचाउ, बिस्कुट, लगायतका खाद्य सामाग्री सहित सेनीटरी प्याड वितरण गरेका हुन् । त्यसैगरी बिस्थापित परिवारमा सुत्केरीको पहिचान गरी सहयोग गरेको मानव अधिकार संचार प्रतिष्ठान ईह्रिकन सिरहाकी संयोजक गंगा अधिकारीले जानकारी दिनुभयो ।
Comment Here!