-महिला खबर-
सिन्धुपाल्चोक । जिल्लामा अपाङ्गता भएका एक सय जनालाई सहायता सामाग्री वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग कोष र जिल्लामा क्रियाशिल स्थानीय सामाजिक संस्थाको सहयोगमा सामाग्री वितरण गरिएको हो ।
सदरमुकाम चौतारा र बलेफी गाँउपालिकाको खाडीचौर बजारमा शिविर सञ्चालन गरी उनीहरुको अवस्था अनुसारको सहायता सामाग्री वितरण गरिएको हो ।
अपाङ्गता भएका मध्ये पनि बालबालिका र महिलाको अवस्था सुधार्न शिविर सञ्चालन गरिएको आयोजक संस्थाका प्रतिनिधी केशव अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार शिविरमा ह्वीलचियर, कृत्रिम हातखुट्टा, छालाको जुत्ता, बैशाखी, ह्याड स्टिक, ट्वाईलेट बेच्च लगायतका सामाग्री वितरण गरिएको थियो ।
Comment Here!