मनमाया सोध्छिन् – कसले बनाइदिन्छ मेरो घर ?


प्रकाशित मिति :2017-08-15 12:18:51

-विदुर अाचार्य-

सिन्धुपाल्चोक । बलेफि– ६ की मनमाया पराजुलीको बसाई पालमुनी छ । भुकम्पमा घर भत्किएपछि उनले घर नयाँ घर बनाउन सकिनन् न त गाउँ छाडेर हिँड्न नै सकिन् ।

७० वर्ष पार गरिसकेकी पराजुली एकल महिला हुन् र घरको एक्लो सदस्य पनि । भुकम्पमा घर भत्किएपछि पाएको पहिलो किस्ताको ५० हजार रुपैयाँले उनले नयाँ घरको जग राख्न पनि सकेकी छैनन् । बरु यो बर्खामा पानी चुहिने पालभित्र त्यही ५० हजार रुपैयाँ पनि कसरी जोगाएर राख्ने पीर छ ।

भूकम्प पछि गाँउ छोड्नेको होडबाजी नै चलेपछि मनमाया टोल भरी एक्लो छिन् । ‘न घर छ न त साहारा नै छ । एक्लो भएपछि न घर बनाउन सकें न गाउँ छोड्न सकें ।’ आँसु खसाल्दै मनमायाले भनिन् ।

पहिलो किस्ताले जग पनि बसाउन नपुग्ने देखेर सुरु नगरेको उनी बताउँछिन् । कतिपय छिमेकीले घरको छानो छाँउदा समेत दोस्रो किस्ता नपाएकोले आवास निर्माणमा उनी थप हच्किएकी हुन् ।

मनमायाले भनिन् – ‘सरकारको अनुदान रकमको भर गरेर बस्दा आफैले घर बनाईएन । अब सबैलाई आ–आफ्नै घर वनाउने चिन्ता छ । म जस्तो बेसाहाराको घर बनाउन कस्ले सहयोग गर्ने ?’

चुनावमा नेताहरु भोट फकाएका उनीकहाँ पुगेका थिए । तर आश्वासन दिनेले केही गरेनन् । मनमायाले थपिन्, ‘भत्ता बढाउने, म जस्तो एकल महिलाको घर वनाईदिने भने । अहिले यो आहालमा मैले जीवन काटेको मैले भोट हालेको नेतालाई थाहा होला र ?’

जिल्लामा ७८ हजार ५ सय ३७ भूकम्प पीडत लाभग्राही छन् । ७५ हजार ३ सय ४४ ले पहिलो किस्ता बापतको ५० हजार प्राप्त गरेका छन् । अधिकांश महिला घरमुली रहेको लाभग्राहीले दोस्रो किस्ता पाएका छैनन् ।

१० हजार बढीले दोस्रो किस्ता पाए पनि महिला घरधनी रहेको भूकम्प पीडितले आवास बनाउन नसकेकै कारण दोस्रो किस्ताबाट वञ्चित हुनुपरेको हो । आर्थिक र भौतिक रुपमा सक्षम रहेकाहरुले पहिलो चरणमा आवास बनाएको र दास्रो किस्ता पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला प्रमुख रुद्र मल्ल बताउँछन् ।

‘संरक्षण पाउनुपर्ने एकल तथा अशक्त महिलाहरु नै पालमा जीवन गुजारिरहेका छन् ।’ महिला बालकालिका कार्यालय सिन्धुपाल्चोककी निरीक्षक नानीमैया बस्नेतले संरक्षण पाउनुपर्नेको आवास निर्माणमा सहयोग गर्नुपर्ने बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: