अस्थायी साधनः नबुझी प्रयोग गर्दा समस्या


प्रकाशित मिति :2017-08-15 14:37:10

‘महिनावारी हुँदा कसैलाई धेरै रगत बग्ने, कसैलाई एकदमै कम रगत देखापर्ने, सुई लगाएपछि मोटोपन बढ्दै जाने, दुब्लाउने, सुई लगाउन छाडे वा औषधी खान छाड्यो भने तुरुन्त बच्चा नरहने, उल्टी हुने, वाकवाक लाग्ने, मुखमा चाँया आउने जस्ता समस्या लिएर आउनुहुन्छ । त्यसमा पनि महिनावारी समयमा नहुँने समस्या धेरै महिलाको रहेको छ ।’ 

खेमा बस्नेत

काठमाडौं । अनिच्छित गर्भधारण रोक्न प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनका बारेमा राम्ररी नबुझि प्रयोग गर्दा महिलाको स्वास्थ्यमा विभिन्न खालका समस्या उत्पन्न हुने गरेको छ ।

श्रीमान वा पुरुषले अस्थायी साधनको प्रयोग नगर्दा महिलाहरु नै अस्थायी साधन प्रयोग गर्न बाध्य हुने तर त्यस विषयमा खासै ज्ञान नभई प्रयोग गर्नले महिलाहरु बढी स्वास्थ्य समस्यामा परेका हुन् ।

काठमाडौं कोटेश्वर बस्ने पार्वती पौडेल(३८) ले विहेपछि तत्काल बच्चा जन्माउने योजना नभएपनि श्रीमानले अस्थायी साधन प्रयोग गर्न नमानेकाले आफूले अस्थायी साधान पिल्स प्रयोग गर्न थालेको बताइन् ।

पिल्स खादाको झन्झटले उनले फेरि आफ्नै खुशीमा तीन महिने सुई प्रयोग गर्न थालिन् । निरन्तर ४ वर्षसम्म अस्थायी साधन प्रयोग गरेपछि पौडेल दम्पत्तिले सन्तान जन्माउने योजना बनाए । तर, विहे गरेको १२ बर्ष भैसक्दा पनि गर्भ बसेन् ।

‘सुरुमा गर्भ रोक्न डाक्टरको सल्लाहविनै अस्थायी साधन प्रयोग गरे । चार वर्षपछि सन्तान पाउने रहर भयो तर, सन्तान भएन’ पार्वतीले भनिन् । गर्भ रहनका लागि पछि डाक्टरकै सल्लाहमा उनले नेपाल र भारतका थुप्रै अस्पताल धाइन् र कयौ औषधी खाइन् । तर, गर्भ बसेन । पौडेल दम्पतिले अहिले एक धर्मपुत्र छोरा पालेका छन् ।

आफूले नबुझेरै अस्थायी साधन प्रयोग गर्दा समस्या भएको उनी बताउछिन् । विवाह गर्नुअघि उनको तौल ४५ किलोकी थिइन् । पिल्स र डिपो प्रयोग गरेपछि ८७ किलो पुगेको सुनाइन् ।

डाक्टरले मोटोपन र उमेर पनि बढी भएको कारण सन्तान अत्पादन क्षमता कमजोर भएको बताएको पार्वती बताउँछिन् ।

धनगढी उप–महानगरपालिका –५ की ३७ वर्षिय चाँदनी मल्लले तिन महिने सुईको प्रयोगपछि उनी मोटाउँदै गएको बताउँछिन् । दुई सन्तानको जन्मपछि विगत १२ वर्षदेखि तीन महिने सुइ प्रयोग गर्दै आएकी उनले यसको प्रयोगपछि मोटोपन समस्यासंगै महिनावारी रोकिएको बताइन् ।

‘तीन महिने सुई लगाउन थालेको १२ वर्ष भयो । सुई लगाएदेखि महिनावारी भएकी छैन । तौल पनि ५० किलोकी थिए, अहिले ८९ किलो भएकी छु ।’ चाँदनीले भनिन् । श्रीमानले अस्थायी साधन प्रयोग नगर्ने भएपछि उनले डाक्टरको सल्लाह विना नै मेडिकलमा गएर सुई लगाउन थालेको बताइन् ।

काठमाडौं सोह्खुट्टेकी कल्पना थापाले डिपो लगाएको तीन महिना महिनावारी रोकियो । चार महिनापछि उनी महिनावारी भइन् तर उनलाई सहिनसक्नु पिडा भयो । पिडा सहन नसक्ने मेडिकलबाट दुखाई कम गर्ने औषधी खाइन् । यसबाट भविष्यमा के कस्ता समस्या होला भन्नेमा उनलाई कुनै जानकारी छैन ।

स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षण र सल्लाह विना कुनै पनि अस्थायी साधन प्रयोग गर्न नहुने बताउँछन् । स्वास्थ्य अनुकुल साधन नहुँदा मोटोपन, महिनावारी रोकिने, अत्याधिक रक्तश्राव जस्ता समस्याहरु देखा पर्ने र यसले भविष्यमा गम्भिर स्वास्थ्य समस्या आउन सक्ने उनीहरु बताउँछन् ।

अस्थायी साधन महिलाका लागि मात्र

परिवार स्वास्थ्य महाशाखा टेकुका अनुसार नेपालमा महिलाका लागि डिपो, पिल्स, आइयुसीडी, इम्प्लान्ट चार प्रकारका अस्थायी साधन छन् । पुरुषका लागि भने एक मात्र अस्थायी परिवार नियोजनका साधन कण्डम हो ।

शाखाका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७२/७३ सम्ममा पिल्स प्रयोग गर्ने महिलाको संख्या ३ लाख ४१ हजार २१३ रहेको छ । डिपो प्रयोग गर्ने ७ लाख ३२ हजार ९०५, आईयुसिडी प्रयोकर्ता ९९ हजार ४९९ र इम्प्लान्ट प्रयोगकर्ता १ लाख ८२ हजार ७२३ महिला रहेका छन् ।

कण्डम प्रयोग गर्ने पुरुषको संख्या ६ लाख ३२ हजार ८५९ जना रहेको तथ्यांकले देखाएको छ ।

स्थायी बन्ध्याकरण गर्ने पनि महिला नै बढी

परिवार स्वास्थ्य महाशाखाका अनुसार गर्भधारण रोक्ने स्थायी बन्ध्याकरण (मिनिल्याप) गर्नेमा पनि महिलाकै संख्या बढी छ ।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि ०७२ /०७३ सम्ममा ७५ हजार २३७ जना महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । भने २३ हजार २५ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको  छन् ।

आ.व २०७०/०७१ मा ३० हजार ६०८, ०७१/७२ मा २२ हजार ८७८ र ०७२/७३ मा २१ हजार ६०३ जना महिलाहरुले स्थायी बध्याकरण गरेका थिए । सो अवधिमा  २०७०/०७१ मा ८ हजार ३९७, ७१/७२ मा ७ हजार ८५० र ७२/७३ मा ६ हजार ७७८ जना पुरुषले (भ्यासेक्टोमी) स्थायी बन्ध्याकरण गरेका थिए ।

डा.मधु श्रेष्ठ, प्रसूती तथा स्त्री रोग विशेषज्ञ परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल

महिलाहरुमा समस्याको चाङ

परिवार नियोजनका स्थायी तथा अस्थायी साधनले महिलाको स्वास्थ्यमा धेरै समस्या उत्पन्न हुने गरेको छ । महिनावारी हुँदा कसैलाई धेरै रगत बग्ने, कसैलाई एकदमै कम रगत देखापर्ने, सुई लगाएपछि मोटोपन बढ्दै जाने, दुब्लाउने, सुई लगाउन छाडे वा औषधी खान छाड्यो भने तुरुन्त बच्चा नरहने, उल्टी हुने, वाकवाक लाग्ने, मुखमा चाँया आउने जस्ता समस्या लिएर आउनुहुन्छ । त्यसमा पनि महिनावारी समयमा नहुँने समस्या धेरै महिलाको रहेको छ ।

अस्थायी साधनको प्रयोग गर्दा के कुरामा ध्यान दिने

महिलाहरुले अस्थायी साधन प्रयोग गर्नुअघि स्वास्थ्यकर्मीको परामर्श र स्वास्थ्य परिक्षण गराउन जरुरी छ । आफू कतिको निरोगी छु । यि साधन प्रयोग गर्दा कस्तो ख्यालको असर पर्दछ भन्ने कुरा जान्न जरुरी छ । सबै अस्थायी साधनका साइड इफेक्ट हुन्छ तर कुन साधनले आफुलाई फाइदा भैरहेको छ त्यही प्रयोग गर्दा राम्रो । यदि आफूले प्रयोग गरिरहेको साधनले असर गर्ने थाल्यो भने स्वास्थ्यकर्मीको सल्लाहमा अर्को अस्थायी साधन प्रयोग गर्नुपर्ने हुन्छ ।

पहिलो सन्तान जन्माउन धेरै ढिला नगर्ने

नवविवाहित दम्पतिहरुले जसले धेरै ढिला विवाह गरेका छन् उहाँहरुले पहिलो सन्तान जन्माउदा धेरै अन्तर नराख्ने । विवाह गर्दा उमेर २५ र ३०/३५ को हुन्छ फेरी केही वर्ष बच्चा नजन्माउने भनेर अस्थायी साधन प्रयोग गर्दा मोटोपन पनि बढ्छ उमेरपनि जसले तुरुन्त बच्चा नहुने समस्या देखापर्ने सक्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: