महिला खबर
काठमा८ाै । श्रावण ३१, २०७४( अंग्रेजी भाषाबाट लेख र समालोचना लेख्दै आएकी डा. अर्चना थापा को नेपाली कथा संग्रह ‘कठपुतला’सार्वजनिक भएको छ । साहित्यकार प्रा।डा। अभि सुवेदी, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सेना र साहित्यकार नयनराज पाण्डेले सयुक्त रुपमा हिजो राजधानीकोमा सार्वजनिक गर्नुभएको हो ।
डा। सुवेदीले अर्चनाको फराकिलो अध्ययन र साधनाले कथाहरूको परम्परागत धार भत्किएको दाबी गर्नुभयो । ‘उनका कथाहरू परम्परागत शैलीमा छैनन् । विषय, पात्रको विविधता र कल्पनाशीलताले उनका कथाहरूलाई नयाँ उचाइ प्रदान गरेको छ,’ डा। सुवेदीले भन्नुभयो, ‘घटना, समय र स्पेसको संयोजन उत्कृष्ट लाग्छ ।’
विज्ञानको चरम आविष्कार र रोबोटले सञ्चालन गरेको उत्तरआधुनिक युगलाई अर्चनाले कथाहरूमा उतारेको तिमल्सेनाले बताउनुभयो । पाठकहरू प्रयोगभन्दा पनि यथार्थ पढ्न रुचाउने बताउँदै साहित्यकार पाण्डेले ‘कठपुतला’ का कथाहरूले प्रत्येक पाठकलाई फरकफरक स्वाद दिने टिप्पणी गर्नुभयो । ‘कथाका परम्परागत ढर्रा दिमागमा राखेर पाठकले पढ्न सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘लामा कथा भए पनि पढदा खुसी सन्तुष्टि मिल्छ ।’
समालोचनाका कृतिमा काम गर्ने सोच बनाएर लेखन कार्य थालनी गरे पनि पात्र र परिवेशले कथा बन्न पुगेको कथाकार थापाले बताउनुभयो। पुस्तक अक्षर क्रिएसन्स नेपालले प्रकाशन गरेको हो ।
Comment Here!