प्रहरीले छाउपडी विरुद्धको उजुरी दर्ता गर्न मानेन


प्रकाशित मिति :2017-08-15 15:57:09

-महिला खबर-

काठमाडौं । महिनावारी भएको बेला छाउगोठमा सर्पले डसेर ज्यान गएकी तुलसी शाहीको परिवार विरुद्ध परेको जाहेरी जिल्ला प्रहरी कार्यालय दैलेखले दर्ता गर्न अस्वीकार गरेको छ ।

छाउपडी सम्बन्धी स्पष्ट कानून नभएको भन्दै कानून व्यवसायी, अधिकारकर्मी र पत्रकारले संयुक्त रुपमा दिएको जाहेरी प्रहरीले फिर्ता गरेको हो ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी १९ वर्षकी तुलसीको महिनावारी भएको बेला छाउगोठमा बस्दा गत असार २२ गते राती सर्पले टोकेर ज्यान गएको थियो ।

उनको परिवारको विरुद्धमा यही साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । त्यतिबेला प्रहरीले केन्द्रमा समन्वय गरेर जाहेरी दर्ता गर्ने आश्वासन दिएपनि अहिले दर्ता नै गर्न नमानेको जाहेरवाला मध्यकी एक अधिवक्ता शशी बस्नेतले बताउनुभयो ।

जाहेरवालाले जाहेरी पत्रमा मुलुकी ऐन २०२० को अदलको १० (ग) बमोजिम कानूनी कारबाहीको माग गरेका थिए । उक्त महलले ‘कसैले लैंगिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्रथा–परम्परा, वैवाहिक स्थिति वा जबरजस्ती करणीबाट पीडित भएको, कुनै रोग लागेको वा यस्तै अन्य कुनै आधारमा कसैलाई भेदभाव गरेमा ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म वा दुबै सजाय हुनेछ’ भन्ने व्यवस्था गरेको छ ।

अधिवक्ता बस्नेतले उक्त महल अन्तर्गतको व्यवस्था अनुसार फौजदारी अभियोग भएकोले सरकार नै वादी भएर मुद्धा चल्नुपर्नेमा जाहेरी समेत दर्ता गर्न प्रहरीले अस्वीकार गरी नियतवश हदम्याद गुजार्न खोजेको समेत आरोप लगाउनुभयो ।

कसैले प्रहरीमा जाहेरी लगेपछि दर्ता गरेर कारबाही चलाउन नमिल्ने भए कारण सहित दरपीठ गर्नुपर्ने कानुनी व्यवस्था भएपनि दैलेख प्रहरीले भने बिना दरपीठ जाहेरी नै फिर्ता पठाइदिएको उहाँको भनाई छ ।

दैलेख प्रहरीका निमित्त प्रमुख इन्स्पेक्टर कृष्ण डाँगीले छाउपडीको स्पष्ट कानून नभएकोले मुद्धा दर्ता गर्न नसकिएको बताउनुभयो । उहाँले अहिलेसम्म त्यस्तो मुद्धा दर्ता गर्ने ऐन नै नभएकोले जाहेरी फिर्ता गरेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: