बाढीले ४० भन्दा बढी महिलाको ज्यान लियो


प्रकाशित मिति :2017-08-15 16:43:57

-महिला खबर-

काठमाडौं । अबिरल वर्षापछिको बाढीले तराई क्षेत्रमा ४० जना भन्दा बढी महिलाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्त्ता पुष्कर कार्कीका अनुसार मंगलबार दिउँसोसम्ममा बाढीले १०९ जनाको मृत्यु भैसकेको छ । जसमा ४० जना महिला, १ बालक, १ बालिका र बाँकी पुरुष रहेका छन् ।

प्रहरीका अनुसार सुनसरीमा ४, मोरङमा ५, पाँचथर १, झापा ४, सप्तरी १, चितवन २, मकवानपुर २, बारा १, पर्सा २, रौतहट ६, सर्लाही २, सिन्धुली २, उदयपुरमा १, कपिलबस्तु १, बाँके ३, बर्दिया १ र दाङ २ जना महिलाको डुबानमा परेर मृत्यु भएको हो ।

बाढीले बढी मात्रमा महिला, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएको जनाएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले समेत महिला, बालबालिका र बृद्धबृद्धाहरु प्रकोपको बेला बढी जोखिममा पर्ने भएकाले उनीहरुको तत्काल उद्धार, राहत र पुनस्थापनामा सम्वेदनशीलता अपनाउन आग्रह गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: