गर्भनिरोधको अधिकार सुनिश्चित गर्न सर्वोच्चको परमादेश


प्रकाशित मिति :2017-08-16 11:56:18

-महिला खबर-

काठमाडौं । सार्वजनिक सरोकारको मुद्दा अन्तरगत सर्वोच्च अदालतले प्रजनन् स्वास्थ्य सम्बन्धी विधयेकमा गर्भनिरोधको अधिकारको सुनिश्चितता गर्न परमादेश जारी गरेको छ ।गर्भनिरोधका साधन, सेवा र सुचनामा पर्याप्तता, सर्वसुलभता र समान पहुँच सुनिश्चितताको माग गर्दै पीडित महिला, महिला कानुन विकास मञ्च, सबैका लागि न्यायलगायतका संस्थाहरूले संयुक्त रूपमा वि.स.२०७० साल भदौ १७ गते दर्ता गरेको रिट निवेदन दर्ता गरेका थिए ।

सार्वजनिक सरोकारको उक्त मुद्दामा साउन २५ गते बुधवार न्यायधीशद्वय ओमप्रकाश मिश्र र शारदा घिमिरेको इजलासले परमादेश जारी गरेको हो । मङ्गलबार महिला कानून र विकास मञ्चले गरेको कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो ।

नेपालका सबै स्वास्थ्य संस्थामा गर्भनिरोधका औषधि उपलब्ध छैनन् । यसबाट सर्वसाधारण पीडित भईरहेको श्रेष्ठले बताउनुभयो । सोही अवस्थाबाट पीडित ललितपुर जिल्लाको देवीचौर गाविस वडा न. १ निवासी मञ्जु तामाङ र विष्णुकुमारी तामाङको मुद्दामा सार्वजनिक हितका लागि काम गर्ने मञ्चलगायत अन्य संस्थासँग सहकार्य गरी दायर गरिएको रिटमाथि परमादेश जारी भएको हो ।

सो रिट निवेदनमा गर्भनिरोधका साधन, सेवा, समान पहुँच, उपलब्धता र गुणस्तरीयताको विस्तार तथा साधनको उपलब्धता सहज गराउन परिवार नियोजन सेवा सम्वन्धी राष्ट्रिय कार्यनीति २०६८ मा आवश्यक परिमार्जन र प्रजनन् स्वास्थ्यको लागि राष्ट्रिय चिकित्सा प्रणालीको मापदण्ड, भाग १ को प्रभावकारी कार्यान्वयन गर्न गराउनका लागि परमादेशको आदेशको माग गरिएको थियो ।

त्यसैगरी गर्भनिरोधका साधनहरूको बारेमा आवश्यकता अनुसार उचित परामर्श, सूचनाका साथै गोपनियतासहित समयमै उपलब्ध नहुनाले महिलाहरू अनिच्छुक गर्भवती हुनुपर्ने बाध्यतामा परेका भन्दै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत विरूद्ध सो रिट निवेदन दर्ता गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: