हिंसा सहेर नबस्नुस् – जिल्ला न्यायाधीश नेपाल


प्रकाशित मिति :2017-08-16 12:41:23

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले हिंसा सहेर बस्दा समस्या बढ्दै जाने भएकोले महिलाहरुलाई हिंसा सहेर नबस्न आग्रह गर्नुभएको छ ।

हिंसाबाट प्रभावित महिलाहरुको न्यायमा सहज पहुँच पु¥याउनका लागि जिल्लामा कुन निकायले कस्तो कानुनी सहयोग गर्छ भन्ने जानकारी गराउने कार्यक्रमका सहभागिलाई सम्बोधन गर्नुहुदै न्यायाधीश नेपालले पहुँच हुनेलेमात्र न्याय पाउछन् भन्ने कुरा गलत भएको जिकिर गर्नुभएको हो ।

उहाँले अन्यायमा परेर आएकाहरुलाई प्रमाणको आधारमा न्यायलयले न्याय दिलाउने बताउनुभयो । न्याय तथा अधिकार संस्था नेपालको आयोजना, दोलखा जिल्ला बार इकाइको सहआयोजना तथा इह्रिकन र सञ्चारिका समुहको सहकार्यमा ३६५ दिन नै लै¨िक हिंसा विरुद्ध समुदायको पहँुच न्यायपालिका विषयक कार्यक्रम गरिएको थियो ।

सोही कार्यक्रममा प्रहरी निरीक्षक रमेश प्रधान, महिला तथा बालबालिका कार्यलयका निमित्त महिला विकास अधिकृत सुर्जा दहाल, तामाकोसी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष महेश काफ्ले लगाएतले महिलाहरुलाई हिंसा विरुद्ध उजुरी गर्न अनुरोध गर्नुभयो ।

तामाकोसी गाउँपालिकाकी उपप्रमुख एवं न्यायिक समितिका संयोजक उर्मिला खड्का केसीको अध्यक्षतामा भएको कार्यक्रममा जुरी नेपालका संयोजक विष्णु पोख्रेलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: