हिंसा पार गर्दै नेतृत्वमा फातमा


प्रकाशित मिति :2017-08-16 15:25:51

-पार्वती पाण्डे-

कपिलवस्तु । कनिज फातमा रंग्रेस अन्तरपार्टी महिला सञ्जाल कपिलवस्तुकी अध्यक्ष हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गरेर अहिले जिल्लाका क्रियाशिल राजनीतिक दलका महिलाको सञ्जालको अध्यक्ष भएकी हुन् ।

मुस्लिम समुदायकी महिला फातमाले यो तहसम्म आउन गरेको संघर्ष भने जो कोहीले हतपत सोच्नै सक्दैनन् । १८ वर्ष अघि श्रीमान् गुमाएकी एकल महिला फातमाले घुम्टो भित्रको चरम हिंसालाई पार गर्न निकै संघर्ष गरेकी छिन् ।

कपिलवस्तु नगरपालिका ३, की ३८ वर्षकी फातमा विगतको मूल्यांकन गर्दै भन्छिन् ‘यहाँसम्म आएर समग्र महिलाको नेतृत्व गर्छु भन्ने विश्वासै थिएन ।’ तर, उनले आफूमाथिकै विश्वास जितेकी छिन् । परिवारबाट नै पाएका चरम हिंसालाई सामना गर्दै सामाजिक काममा निस्कँदा आज राजनीतिक नेतृत्वमा पुग्न सकेकी छिन् ।

उनले गरेको संघर्षको फेहरिस्त सुन्दा जो कोहीको मन सिरिङ्ग हुन्छ । १६ वर्षको उमेरमा मोहम्मद हई (राजु) संग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । विवाह पछि दुई छोरा १ छोरी जन्मिए । तर, श्रीमान् लामो समय उनीसँगै रहेनन् । विवाह भएको केहि वर्ष पछि श्रीमान्को मृत्यु भयो । त्यसपछि शुरु भयो उनीमाथिको यातना ।

मुस्लिम समुदायको महिला घुम्टो भित्रै बस्नु पर्छ भन्ने गलत मान्यताको संस्कारमा हुर्किएकी उनी । झनै श्रीमान्को मृत्यु भएकी एकल महिला । त्यही घुम्टोभित्रको यातना छिचोल्दै सामाजिक जीवनमा निस्किने चुनौती मोलेपछि उनले खेप्नुपर्ने यातनाको सीमा नै रहेन ।

‘हिंसाबाट प्रताडित हुँदै घुम्टो बाहिर आएँ ।’ फातमाले दुःखका दिन सम्झिइन् – ‘घरका सासु ससुराले घर बाहिर निस्कनै दिँदैनथे । पेट भरी खाना खान पाउँदिनथें । कुटपीट र अपशब्द त सामान्य झैं भइसकेको थियो ।’ रातको समयमा पिटाई खाँदा उनको चित्कार सुुन्न नसकेर स्थानीयले उनलाई धेरै पटक बचाएको समेत फातमाले बताईन् ।

घरभित्रको संघर्षलाई तोड्दै बाहिर निस्किएकी उनी गैरसरकारी संस्थाको सदस्य समेत रहेकी छिन् । घुम्टो भित्र हिंसामा परेका मुस्लिम समुहका महिलाको न्यायको लागि उनले मुस्लिम शसक्तिकरण संस्था समेत दर्ता गरिन् । उनी त्यसको समेत उनी अध्यक्ष समेत हुन् । ‘मैले पाएजस्तो यातना नपाउन मुस्लिम समुदायका महिलाहरु आफ्नो हक अधिकारको बारेमा बोल्न सकुन । अन्याय विरुद्ध लड्न सकुन भन्ने उद्देश्यले संस्था खोलें ।’

आफ्नो सामाजिक कामबारे फातमाले भनिन् । सामाजिक जीवनसँगै उनल् राजनीतिक जीवन पनि सुरु गरिन् । उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्लाको नेतृ समेत हुन् ।समाजले अहिले उनको अगाडि लान्छनाका शब्द बोल्न सक्दैन । अझै भित्र भित्रै कुरा काट्ने थुपै्र रहेका उनले बताईन् । थप्छिन् – मैले आफैलाई बुझ्न सकें । घरबाट आफ्नो पहिचान खोज्दै हिंसा विरुद्ध मुकाबिला गरें । पहिला आफुलाई चिन्न सके मात्र समाज चिन्न सकिने रहेछ ।’

अहिले कष्टकर शारीरिक र मानसिक यातना भोगेको क्षणले उनलाई झस्काउने त गर्छ नै । त्यो भन्दा पीडा जेठो छोराले आफ्नो कामलाई अझै नबुझ्दा उनलाई लाग्छ । भनिन्, – ठुलो छोरा मोहम्मद हफिज मसँग अझै बोल्दैन । मम्मी भन्दैन । बेला बेलामा कुरा गर्छु, सम्झाउछु तर पनि उसको दिमागमा भराईदिएका मेरो बारेमा नराम्रो कुरा अझै मेटिएका छैनन् ।’

सासु ससुराले नै सानैदेखि आफुसँग राख्ने, तेरी मम्मी ठिक छैन । नजिक जानु हुँदैन भनेर छोरा नजिक गर्नै नदिएको उनले बताईन् । यद्यपी एउटी छोरी र कान्छो छोराले उनलाई माया गर्छन् । अहिले कपिलवस्तुकी महिला नेतृ फातमा जीवनमा संघर्ष गरेर पाएको सफलतालाई आत्मसाथ गर्दै अरुको प्रेरणाको स्रोत बनिरहेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: