शल्यक्रिया सहितको प्रसुति सेवा पुनः संचालन हुने


समाचार प्रभाव

प्रकाशित मिति :2017-08-16 16:32:12

 -अप्रिल अधिकारी-

रामेछाप । सञ्चालन विवादले बन्द भएको मन्थली स्थित प्राथमिक सेवा केन्द्रको शल्यक्रिया सहितको प्रसुति सेवा सञ्चालनमा आउने भएको छ । सेवा संचालनका लागि जिल्ला स्वास्थ्य कार्यलय रामेछापले चासो लिएर चाँडो सञ्चालनमा ल्याउने जनाएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय वा मन्थली नगरपालिका कसले सञ्चालन गर्ने भन्ने अन्यौलता र बजेट अभावका कारण शल्यक्रिया सहितको प्रसुती सेवा बन्द भएको थियो । अहिले जिल्ला स्वास्थ्य कार्यालयले नै सञ्चालन गर्ने जिम्मेवारी पाएकोले तत्कालै सेवा सञ्चालनको काम र आवश्यक प्रक्रिया अघि बढाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाशप्रसाद शाहले जानकारी दिनु भयो ।

सेवा बन्दले सुत्केरी मारमा परेको समाचार महिला खबरले प्रकाशन गरेपछि जिल्लामा सेवा बन्द भएको कुराले चर्चा पाएको थियो । जिल्ला स्थित अन्य सञ्चार माध्यमले समेत समाचार प्रकाशन गरे पछि स्वास्थ्य कार्यालयका प्रमुखले सेवा संचालनका लागि आफुहरु लागि परेको उहाँले बताउनुभयो ।

सेवा सञ्चालनका लागि जिम्मेवारी र बजेटको अख्तियारी समेत प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । सेवा सञ्चालन लागि यो वर्ष ४० लाख बजेट प्राप्त भएको स्वास्थ्य कार्यलयले जनाएको छ । सेवा संचालनका लागि अघिल्लो वर्ष ३६ लाख रुपैयाँ बजेट आएको थियो ।

शल्यक्रिया सहितको प्रसुति सेवा संचालनको १५ महिना बित्न नपाउदै सेवा बन्द हुँदा सुत्केरी महिला मारमा परेका थिए । २०७३ वैशाख महिनाबाट सञ्चालनमा आएको सो सेवा असार मसान्तबाट बन्द अबस्थामा रहेको छ ।
यो पनि हेर्नुस् :

जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: