उज्बेकिस्तानमा बहुविवाहबारे चर्को बहस


प्रकाशित मिति :2017-08-16 16:57:47

पूर्व सोभियत गणराज्यमा बहुविवाह बारे ठूला अनलाइन बहस चलेको छ । उज्बेकिस्तानको न्याय मन्त्रालयका अधिकृत दिलबाहोर योक्यूबोभाले “अशिक्षित मौलाना” हरुले अनौपचारिक मुस्लिम विवाहको रिति मानिरहेको आरोप लगाएपछि त्यहाँ विवाद चर्केको हो ।

योक्यूबोभाले लोकप्रिय टेलिभिजन कार्यक्रममा उक्त टिप्पणी गरेका थिए र त्यही प्रशारणमा प्राध्यापक दिलफुजा रहमात्युल्लाएभाले “धार्मिक स्वतन्त्रता”को पुनर्जागरण भएका कारण मुस्लिम देशहरुमा बहुविवाह बढेको बताए ।

बहुविवाहको बहसले देशमा नयाँ खल्बली मच्चाएको छ । यो विषय केही समयदेखि चर्चामा छ । बिबिसी उज्बेक फेसबुक पेजमा एक जना महिलाले लेखिन्, “तास्केन्ट प्रान्तका धैरै जिल्लाहरुमा यी अशिक्षित मौलानाहरुले युवालाई दोस्रो विवाह गर्न लगाइरहेका छन् । उनीहरुले विवाह दर्ता गरेका छैनन र सारिया (इस्लामिक) कानुन अनुसार स्वतन्त्र रुपमा छोडपत्र गरेर दोस्रो विवाह गर्न सक्छन् ।” उक्त फेसबुक प्रयोगकर्ताका अनुसार ३ करोड २० लाख मानिस भएको देशमा हजारौं विवाह दर्ता भएको छैन ।

तर अर्का टिप्पणीकारले यो अभ्यासलाई खण्डन गर्दैं भने, ‘सरकार भन्दा धर्म नै प्रमुख अधिकारी हो जसले विवाहको निरिक्षण गर्नुपर्छ । दर्ता कार्यालयका धरै कर्मचारीहरुले छोडपत्र गरेका छन् र परिवारविहिन भएका छन् । किनभने उनीहरु धार्मिक शिक्षाबाट टाढा छन् ।’ केही सामाजिक संजालका प्रयोगकर्ताहरुले सरिया तथा इस्लामिक धार्मिक कानुनले बहुविवाहलाई मान्यता दिएको ठहर गरेका छन् । एक जना यूटुब प्रयोगकर्ताले सोधेका छन्, “के त्यहाँ कुनै साहसी धर्म गुरु छन् जसले सरिया कानुनले बहुविवाहको अनुमति दिन्छ भन्छन् ?”

भर्खरै देशमा बहुविवाह ठूलो बहसको विषय बनेको छ । जुन महिनामा प्रधानमन्त्री शाभकट मि. ले भने, ‘यो अभ्यासले “अनिच्छित नतिजाहरु” तिर लगिरहेको छ र राज्यका सञ्चार माध्यमले यस विरुद्घ अभियान शुरु गरेका छन् ।’

उज्बेकिस्तानमा बहुविवाह अवैध मानिन्छ तर इस्लामिक कानुनका समर्थकहरुले यो परम्परागत अभ्यासको बचाउ गर्छन् । आलोचक र महिला अधिकारकर्मीहरु भन्छन्– ‘यो अभ्यास पुरानो भएतापनि समय सुहाउँदो छैन र ती समर्थकहरु धर्मको बहनामा धैरै श्रीमती राख्न चाहने पुरुषको बचाउ गरिरहेका छन् ।’

एक भन्दा धेरै श्रीमती राख्न नपाइने नयाँ विधेयक बनिरहेको छ । तर पुरातन सामाजिक मान्यतालाई प्रशय दिनेहरु नयाँ कानुनले छोडपत्र र वेश्यावृत्ति बढाउने तर्क गर्छन् । एक प्रख्यात ब्लगर लेखेका छन्, “यो कुनै विवाद गर्नुपर्ने मुद्घा नै होइन” र जो मुस्लिम बहुविवाहमाथि विवाद गर्छ उ “नास्तिक” बन्छ ।’ तर अर्का प्रख्यात ब्लगरको भने फरक विचार छ, “बहुविवाह भनेको धर्मको मुकुट लगाएर छाडा र विलासी बन्नु हो ।”

एक जना आलोचकले भने, “दोस्रो श्रीमती हुनु भन्दा अविवहित बस्नु नै राम्रो । यदि महिला बहुविवाहप्रति सहमत हुन्छन् भने पुरुषले सजिलै हेप्न सक्छन् र यसमा अचम्म मान्नु पर्दैन । मानिसहरुको धाराणहरु फरक–फरक हुन्छ तर म महिला भएको कारणले बहुविवाहको पूर्ण विरोध गर्छु ।”

बहुविवाह विरुद्घ कानुन छ तर बहुविवाह भइरहेको छ । धैरै पुरुष आफ्नो पहिलो श्रीमती र परिवारलाई छोडेर विदेशी महिलासित विवाह गर्छन् । अनौपचारिक तथ्याङ्क अनुसार तीस लाख भन्दा धैरै उज्बेकी नागरिक प्रवासी श्रमिकको रुपमा रुसमा कार्यरत छन् ।

साभारः बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: