बाजुराका स्थानीय तहका गर्भवतीलाई पोषण भत्ता


प्रकाशित मिति :2017-08-17 11:32:26

-निमेन्द्र शाही

बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहका गर्मवती र सुत्केरी आमाले पोषण भता पाउँने भएका भएका छन्। आर्थिक बर्ष शुरु भए संगै नब निवार्चित पदाधिकारीले यस्तो निर्णय गरेका हुन्।

सुत्केरीलालाई पोत्सान स्वरुप पोशीलो खाने कुरा बितरण गदै जनप्रतिनिधी

बाजुरा जिल्लाका सबै स्थानिय निकायका बालबालिका कुषेषीत छन्। त्यो घटनाउँनका लागि जिल्ला समन्वय समिती अन्र्तगतको बहुँ क्षेत्रीय पोषण कार्याक्रमले जिल्ला भर संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन सम्बन्धि गाउँपालिका तथा नगरपालिका स्तरीय अभिमूखीकरण गरे लगतै उनिहरुले बालबालिका र महिलाको पोषणको अवस्था सुधार्न यो १० बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

बाजुराका बडिमालिका,त्रिबेणी,बुढीगंगा नगरपालिका र पाण्डबगुफा र स्वामीकार्तिक गाउँपालिकाले दश बुदे प्रतिबद्धता जनाएर हस्ताक्षर गरेका छन्।

मानव विकास प्रतिवेदनअनुसार नेपालको सबभन्दा गरिब जिल्ला बाजुरामा बसोवास गर्ने १४ प्रतिशतको मृत्यु ४० वर्ष नपुग्दै हुन्छ । मानव विकास सूचकांकमा मात्रै नभई गरिबी सूचकांकमा समेत बाजुरा सबैभन्दा पुछारमै छ । गरिबी र मानव विकासमा पछौटेपनका कारण बालबालिका कुपोषणको चपेटामा परेका हुन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार यहाँको ८८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । ७६ प्रतिशत बासिन्दा परम्परागत खेतीपातीमा आश्रित रहेको यस जिल्लामा बाह्रै महिना खान पुग्ने परिवार भने १० प्रतिशत मात्रै छन् ।

जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार कुपोषित बालबालिकाको संख्या ७ सय ८५ रहेको छ । २ महिनाको अवधीका गरिएको नापतौलको सर्वेक्षण यस्तो देखाएको छ । जम्मा ४ हजार ३ सय ६८ जना बालबालिकाको नाप तौल गर्दा जिल्ला भरी कुपोषित बालबालिकाको संख्या ७ सय ८५ रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका पोषण संयोजक रामचन्द्र यादबले बताए।

कुपोषित बालबालिकाको जिल्लाका रुगिन, गोत्री, कोल्टी, मार्तडी, टाँटे र डागडी ६ ठाउँमा उपचार केन्द्र रहेको बताउनु भएको छ । संयोजक सिहले बाजुरा जिल्लाा कुपोषित बालबालिकाको छिट्टै उपचारको लागि नेपाल सरकारको रणनिति भन्दा पनि फरक रणनितिका साथ लागि रहेको बताउनु बताए। यादबले एक वर्षभित्र कुपोषित बच्चा पत्ता लगाई छिट्टै नै यसको उपचार गर्न जिल्ला स्वास्थ्य कार्यलय प्रतिबद्ध रहेको बताए।

जिल्लामा कुपोषण अवस्थाको अध्ययन फरक फरक खालको छ। ‘पछिलो समय कुपोषणको अवस्था बढ्दै गएको देखिए छ। पहिले हामीले गाउँघर किल्नीको आधारमा मात्र रीपोट बनाउँथ्यौ अहिले सबैको नाम लिन लागेका छौं संख्या धेरै हुँने देखीन्छ।,’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारीसमेत रहेका पोषण स्रोतव्यक्ति रामचन्द्र यादवले भने ।जिल्ला स्वास्थ्यको तथ्याङ्कमा १७ प्रतिशत बालबालिका शीघ्र कुपोषणको सिकार रहेको भेटिएको छ,।तर डब्लु एफ्पी र युनिसेफले गरेको सर्बेक्षण्मा पुड्कोपन ५७.३ प्रतिशत, कमतौल भएका बच्चाको संख्या ४३.४ प्रतिशत र ख्याउँटे बालबालीकाको संख्या ९.४ प्रतिशत रहेको छ।

यस्तो जरजर अवस्थालाइ कम गर्नु पहिलो चुनौति भएका कारण पहिलो काम यसै बाट थालनी गर्ने योजना बनाएको कुरा बडिमालिका नगरपालिकाका मेयर पदमबहादुर बडुवालले बताए।

बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक श्री गणेश प्रसाद जोशी ले दिएको जानकारी अनुसार जन प्रतिनिधीहरुले आफ्नो स्थानिय निकायका सबै बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण सृजना गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्नेछौं ।,निःशुल्क तथा गुणस्तरीय उपचारका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र नगरमा एक १५ शैयाको प्रसुती सेवा सहितको अस्पताल निर्माण गर्नेछौं । भनी प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्।

उनिहरुले गर्भवती तथा सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्नेछौं ।,नगर भित्र सुरक्षीत खानेपानीको व्यवस्था सुनिश्चित गर्नेछौं । स्वच्छ सफा र पुर्ण पोषणयुक्त घर, गाउँ, वडा अभियान सञ्चालन गर्दै आगामी ५ बर्ष भित्र यस बडीमालिका नगरपलिकालाई पोषणयुक्त नगरपालिका बनाउनेछौं ।,विबाहवारी २० वर्ष पारी भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै बालविवाहलाई निरुत्साहित गर्न र सुनौला १००० दिनका आमा र तिनका घरपरिवारका सदस्यहरुको पोषण तथा खानपान सम्बन्धि व्यवहार परिवर्तका लागि प्रतिवद्धतामा हस्ताक्षर गरेका छन्।

साभार : राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: