‘कानुनको जानकारी नहुँदा न्याय पाएनौं’


प्रकाशित मिति :2017-08-17 13:09:44

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखा तामाकोसी गाँउपालिका वडा नम्बर १ भीरकोटकी सुभद्रा खत्रीले आफुले दुई वर्षसम्म अंशमुद्धा लडिन् । तर, उनले मुद्धा हार्नुप¥यो ।

अहिले खत्रीलाई लागेको छ ‘अंशसम्बन्धी कानुनी अधिकारको बारेमा राम्रो ज्ञान नहुँदा हार्नु प¥यो ।’ उनले भनिन्– ‘मैले कानुन व्यवसायीको सहारामा अंश मुद्धा लडेको थिएँ तर कानुनी अधिकारको बारेमा जानकारी नहँुदा मुद्धा हार्नु प¥यो ।’

दोलखा भिरकोटकै दुर्गा काफ्ले पनि कानुनको बारेमा महिलाहरुलाई जानकारी नहुँदा समस्यामा पर्ने गरेको बताउँछिन् । ‘मेरो गाउँमा महिलाहरु मदिराको मारमा परेका छन्’ काफ्लेले भनिन् – ‘तर, मदिरा सम्बन्धी कानुनी अधिकार र सजायको बारेमा जानकारी नहुँदा मदिरा नियन्त्रणको लागि समस्या भई रहेको छ ।’

दोलखाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालसँग उनले गाउँका अधिकांश महिलालाई कानूनी ज्ञान नहुँदा न्याय पाउन समस्या भएको गुनासो राखेका हुन् । मदिरा नियन्त्रणको लागि प्रहरी समक्ष पटक पटक अनुरोध गर्दा पनि समाधान नभएको उल्लेख गर्दै काफ्लेले भनिन् – अब प्रहरीलाई कानुनी कुरा सम्झाएर नियन्त्रणको लागि आग्रह गर्दछौ ।

महिलाको न्यायमा पहुँच परियोजना अन्तर्गत दोलखाको भीरकोटमा सञ्चालित कार्यक्रममा महिलाहरुले गुनासो राखेका हुन् । जुरी नेपालले आयोजना गरेको ‘समुदायको न्यायमा पहँुच न्यायपालिकासम्म’ विषयको उक्त अन्तरक्रियामा सहभागी अधिकांश महिलाहरुले कानुनी ज्ञानको अभावमा न्याय पाउन नसकेको गुनासो गरेका हुन् ।

परियोजनाले जिल्लाको दुई ठाँउमा न्यायमा पहुँच सञ्जाल गठन गरेको र त्यसमा आवद्ध सदस्यहरुले कानुनी अधिकारको बारेमा विभिन्न ठाँउमा पुगेर छलफल, गोष्ठि र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जुरी नेपाल दोलखाको संयोजक सर्मिला चौहानले बताईन ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: