बाढी प्रभावित क्षेत्रमा महिला तथा किशोरीमैत्री शिविर राख्न माग


प्रकाशित मिति :2017-08-17 13:04:44

–महिला खबर –

काठमाडौं । प्रकोपको बेला महिला तथा किशोरीहरु बढी जोखिममा पर्ने र हिंसाको समेत शिकार हुने गरेको भन्दै बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना शिविरहरु महिला र किशोरीमैत्री बनाउन महिला पुनर्स्थापना केन्द्र(ओरेक)ले नेपाल सरकारसँग माग गरेको छ ।

ओरकले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुत्केरी तथा गर्भवति महिलाहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था सहित आराम गर्ने स्थान, बच्चालाई दुध खुवाउने स्थान, र पोषिलो खानाको व्यवस्था गर्न आग्रह गरेको छ ।

अविरल बर्षाका कारण तराई तथा मध्य पहाडी क्षेत्रमा आएको बाढीले महिला तथा किशोरीहरु बढी प्रभावित भएका छन् । पीडितहरुका लागि मानसिक तनाव व्यवस्थापन गर्न मनोपरामर्श तथा मनोविमर्श सेवा प्रदान गर्न समेत आग्रह गरेको छ ।

यस्तै बाढी प्रभावित क्षेत्रमा फोहोर पानी र दुषित वातावरणका कारणले विभिन्न खालाका स्वास्थ्य समस्या जस्तै झाडापखाला, आखाँ पाक्ने, एलर्जी, रुघाखोकी, मलेरिया, निमोनिया, टाईफाईड, प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु पर्न सक्ने भन्दै यसका लागि यथासिघ्र यस सम्बन्धी स्वास्थ्य सचेतना तथा स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य शिविरहरु सञ्चालन गर्न, विपदका समयमा बालिका, किशोरी तथा महिलाहरुमाथि हुने यौनजन्य हिंसा–दुव्र्यवहार तथा बेचबिखन हुन नदिन विभिन्न सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गर्न समेत आरेकले आग्रह गरेको छ ।

यसैगरि, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारणले देशमा परेको समस्यामा सरकार, निजीक्षेत्र, नागरिक समाज एवं राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले आ–आफ्नो क्षेत्रबाट सक्रियताका पूर्वक प्रभावकारी रुपले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाको अध्यक्षतामा बुधबार बसेको बैठकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले केन्द्रीय तहमा गृह मन्त्रालय र जिल्ला तहमा जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत समन्वय गरी बाढी पीडितलाई राहत तथा उद्धारको कार्य प्रभावकारी रुपमा गर्ने, अन्र्तराष्ट्रिय गैरसरकारी संस्था र राष्ट्रिय गैरसरकारी संस्थाले उद्धार र राहत कार्यमा सहयोग गरेको विवरण समाज कल्याण परिषद्मार्फत मन्त्रालयमा उपलव्ध गराउने सहमति भएको छ ।

यस्तै उद्धार तथा राहतमा परिचालित अन्तरराष्ट्रिय संस्थाले सम्पादन गरेको कामको विवरण समाज कल्याण परिषद्लाई उपलव्ध गराउने र उक्त विवरण समाज कल्याण परिषद् र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको वइभ साइटमा राख्ने निर्णय भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: