विपदमा हातेमालो गरौं


बाढी पीडितहरुलाई कुनै सहयोग चाहेको खण्डमा सिधैं डा.आचार्यको मोबाइल नम्बर ९८५१०९६०८९ तथा महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७ र ०१–४२६२२६८ मा सम्पर्क गर्न सकिने ।

प्रकाशित मिति :2017-08-17 15:06:26

महिला खबर

यतिबेला तराई र मध्य पहाडका जिल्लाहरु बाढीको ढुबानले देश शोकमय बनेको छ । ठूलो क्षति हुने गरि आएकोे बाढीले १२३ जनाको ज्यान लिईसकेको छ । हजारौ घरपरिवार विस्तावित, परिवार घरबारविहिन भएका छन् । भौत्तिक क्षति उत्तिकै मात्रमा भएका छन् । कति बेपत्ता र घाइते भएका छन् । जसमा महिला, बालबालिका र बृद्धबृद्धा सवैभन्दा बढी प्रभावित भएको पाइन्छ ।

बालबालिका तथा समाज कल्याण मन्त्रालयले समेत प्रकोपमा सवैभन्दा बढी महिला, बालबालिका र बृद्धबृद्धाहरु जोखिममा हुने भन्दै उद्धार, राहत र पुनस्थापनामा सम्वेदनशील हुन सवैलाई आग्रम गरेको छ ।

स्वास्थ्य मन्त्रालय, महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले प्रकोपका समयमा गर्भवती, सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित हुने बताउनुहुन्छ । यस्तो अवस्थामा गर्भवती महिला, सुत्केरी आमा, नाबालक शिशु तथा बालबालिका र अशक्त बुढाबुढीलाई विषेश ख्याल गर्नुपर्ने हुन्छ । उनीहरु शरारिक रुपले कमजोर हुने र जोखिम सामना गर्न सक्ने शक्ति नहुने हुँदा विषेश सतर्कता अपनाउनुपर्ने निर्देशक आचार्यको तर्क छ ।

बाढीपछि महामारी फैलन सक्ने सम्भावना बढी हुने भएकाले उद्धार पछि पनि यो वर्ग (महिला, बालबालिका र बृद्धबृद्धा) लाई विषेश ख्याल गर्नुपर्ने हुन्छ । विषेशगरि पानीजन्य रोगहरु झाडापखाला, हैजा, टाइफाइड, जण्डिस (हेपाराइटिस) औलो, डेगी, चिकनगुनिया जस्ता रोग देखिने सम्भावना हुने भएकाले सर्तकता अपनाउन उहाँको आग्रह छ ।

अर्कातिर प्रकोपको बेला महिला तथा किशोरीहरु हिंसाको शिकार हुने डर पनि उत्तिकै छ । २०७२ सालको भूकम्पको बेला अस्थायी शिविरमै ८२० जना महिला विभिन्न खालका हिंसाको शिकार भएको महिला पुनस्र्थापना केन्द्र(ओरेक)को तथ्याक छ । त्यसैले ओरेकले बाढी प्रभावित क्षेत्रमा पुनस्थापना शिविरहरु महिला र किशोरीमैत्री बनाउन सरकारसँग माग गरेको छ ।

ओरकले विज्ञप्ति जारी गर्दै सुत्केरी तथा गर्भवति महिलाहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था सहित आराम गर्ने स्थान, बच्चालाई दुध खुवाउने स्थान र पोषिलो खानाको व्यवस्था गर्न समेत आग्रह गरेको छ । महोत्तरीमा गर्भवती महिलाको अस्पताल लैजादै गर्दामा गाडी डुबेर मृत्यु हुनु तथा चार दिनको सुत्केरी भोकभोकै बस्न बाध्य भएको जस्ता खबरहरुले पनि महिला जोखिममा रहेको देखाउछ ।

सरकारले बाढी पीडितका लागि उद्धार, राहत र पुनस्थापनामा बल दिएकै छ । तर बास्तविक पीडितहरुले अझै राहत पाउन सकिरहेको छैन । विभिन्न निजि तथा गैरसरकारी निकायहरुमार्फत पनि सहयोगको कामहरु भैरहेकै छन् । तर सन्तोषजनक छैन । जसरी पहाडमा भूकम्प गएको बेला तराईले सहयोग गरेको थियो । ठीक त्यसैगरि तराईमा बाढी आउँदा पहाडले सहयोग गर्नुनै पर्छ । हामी एकजुट हुनु नै पर्छ । अनि मात्र हामी विपद्को सामना गर्न सक्छौं ।’

सम्भावित स्वास्थ्य समस्याबाट बच्ने उपायहरु :

पानी उमालेर खाने ।
पाँच लिटर खानेपानी शुद्धिकरण गर्न १ चक्की क्लोरिन हालेर मात्र खाने ।
अस्थायी शौचालयको प्रयोग गर्ने ।
झुल लगाएर मात्र सुत्ने ।
खाना खानु अघि, दिसा गरि सकेपछि, फोहोरमैला छोएपछि, बच्चाको दिसा । धोएपछि साबुन पानीले हात धुने ।
खाना पकाएर मात्र खाने । काचो खानेकुरा सकभर नखाने ।
बासी, सडेगलेको, झिँगा बसेको र खुल्ला रुपमा राखिएका खानेकुराहरु नखाने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: