चाउचाउको भरमा सुत्केरी र बालबालिका , दलित बस्ती विस्थापित


प्रकाशित मिति :2017-08-18 10:46:21

कृष्ण सिग्देल / सिमरा

‘बार मलाई थाहा भएन, मध्याह्नको समय थियो, श्रीमान मजदुरीमा गएका थिए, रातिदेखिकै पानीले घरको दायाँ भित्तो लड्यो,’ बाढीले विस्थापित २९ वर्षीया परमशिलादेवी पासवान भन्छिन् । पाँच दिनकी सुत्केरी पासवानको जितपुरसिमरा उपमहानगरपालिका–१० स्थित सिर्सिया नदी किनारमा बसोबास गर्दै आएका दलित समुदायको सिंगो बस्ती यतिबेला मानवविहीन छ ।

चाउचाउ खाएर भोक मेटाउँदै गरेका सिर्सिया नदी किनारका दलित बालबालिका

दिउँसो आएको बाढीले हेर्दाहेर्दै गाउँको सबै घर बगाउन थाल्यो, अरू भागेको देखेर म पनि पाँच दिनको बच्चा लिएर घर छोडेका कारण मात्र बाँचे,’ पासवान भन्छिन् ।बर्सेनि जब पानी पर्न थाल्छ उनीहरू सबैभन्दा पहिले बालबच्चा, बिरामी र सुत्केरी÷गर्भवती महिलालाई अन्यत्र सार्ने तयारीमा रहन्छन् । यसपटकको बाढीले भने उनीहरूको तयारीलाई भताभुंग बनाइदियो । बाढीले कसैको ज्यान नलिए पनि सबैको जेथाचाहिँ आफूसँगै लग्यो ।पाँचौं  छोरी जन्मिएको पाँच दिन मात्र भएको थियो, पासवानको घर बाढीले बगाउँदा । उनले गहभरी आँसु बगाउँदै भागेर आफू र बालबच्चाको ज्यान बचाएको बताइन् ।

सुत्केरी पासवान ११ दिनकी छोरी लिएर नजिकै रहेको एक प्राथमिक विद्यालयमा आश्रय लिइरहेकी छन् । पाँचवटा कक्षाकोठा रहेको स्कुलमा बस्तीका करिब ३० घरपरिवारले मिलिजुली बिचल्लीको समय बिताइरहेका छन् । घर बाढीले लगेपछि स्कुलमा बसिरहेकी १८ वर्षीया कुसुम पासवान पनि यही महिना गर्भवती हुँदै छिन् । पेटमा नौ महिनाको गर्भ बोकेर बाढीबाट बाचेकी कुसुम अहिले बिरामी छिन् । घरमा भएको ओढ्ने ओछ्याउने बाढीले लगेपछि स्कुलको बरन्डामा दुई दिनदेखि चिउरा र दालमोठका भरमा रात बिताइरहेको कुसुम परिवारलाई बिरामी पर्नेभन्दा बच्चा जन्मिहाले कसरी त्यसको स्याहार गर्ने भन्ने चिन्ताले सताएको छ ।

शनिबार रातिबाट आएको बाढीले घर बगाउँदा सुत्केरी बेथा लागेर छटपटाइरहेकी २२ वर्षकी मीना पासवानलाई स्थानीयले तन्नामा बेरेर बाढीबाट बचाएको उनका श्रीमान् उपेन्द्र पासवानले बताए

नगरपालिकाले विद्यालयमै आएर वितरण गरेको राहतको चामल पाएका उनका श्रीमान् ललन पासवानले चामलभन्दा सुत्केरी स्याहार गर्ने लत्ताकपडा पाए राहत हुने बताए । ‘हामीलाई भोकसँग चिन्ता छैन, दुई दिनमा एकपटक खाए पनि बाँच्न सक्छौं तर श्रीमतीलाई बेथा लाग्यो भने न त गोजीमा पैसा छ, न त ओछ्याउने कपडा छ,’ उनले भने, ‘बाढीले हामीलाई पनि लगिदिएको भए बरु आनन्द हुने थियो ।’

गत शनिबार रातिबाट आएको बाढीले घर बगाउँदा सुत्केरी बेथा लागेर छट्पटाइरहेकी २२ वर्षकी मीना पासवानलाई स्थानीयले तन्नामा बेरेर बाढीबाट बचाएको उनका श्रीमान उपेन्द्र पासवानले बताए । सबै मिलेर ज्याला मजदुरीबाट कमाएको पैसा जम्मा गरी उनलाई स्थानीयले अस्पताल पु¥याए । पहिलो सन्तानका रूपमा छोरीकी आमा बनेकी मीना अहिले अस्पतालमै छिन् । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका यी भूमिहीन दलित परिवारहरू वर्षौंदेखि यही नदी किनारमा जीवन धान्दै सन्तती हुर्काउँदै आएका छन् । गाउँमै बाढी पसेपछि खण्डहर बनेको बस्ती पुनर्निर्माणको चिन्ता छोडेर बालबच्चसहित उनीहरू नजिकैको स्कुलमा गुजारा गर्न थालेका छन् ।

बाढीले आधासरो घरका छानासमेत बगाएको छ भने बाँकी घरका छाना मात्र बाँकी छन् । स्थानीय दलितहरू नजिकैको स्कुलमा सरेपछि अहिले दलित बस्ती सुनसान छ ।अचेल विद्यालयमा कुनै नयाँ मानिस वा समूह जानासाथ उनीहरू ‘हामीलाई केही दिने हो ?’ भन्दै प्रश्न गर्छन् । उपमहानगरपालिकाले वितरण गरेको राहत सामग्री अभिभावकको हातमा परेपछि बालबच्चा झम्टिएर रुन थालेको दृश्यले केही दिनयता बालबालिकाहरू भोकसँग लडिरहेका प्रस्ट देखिन्छ ।

विद्यालयको चिसो भुइँमा चार–पाँच घर परिवारका भागमा परेको एउटा कोठामा उनीहरूलाई भोक र आवासकै मात्र चिन्ता छ । बिजुली र खानेपानीको समेत प्रबन्ध नभएको विद्यालयमा उनीहरू दिनमा भन्दा रातमा बढी पीडामा पर्छन् र राहत पाउने आसमा एक सातादेखि बरिसहेका छन् ।

स्थानीय दलित महिला अगुवा कार्यकर्ता सुगन्धी पासवानले विद्यालयमा आश्रय लिइरहेका परिवारमा रोग फैलिन सक्ने चिन्ता व्यक्त गरिन् । उनले सिर्सिया नदी बस्तीमा पस्न नदिन तटबन्ध बनाइदिए सधैंका लागि समस्या समाधान हुने बताउँदै आए पनि कुनैपनि निकायले दलितका कुरा नसुनेको गुनासो गरिन् ।

साभार : राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: