रसुवा—रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ साङजेन खर्कमा सुत्केरी हुन नसक्दा २७ वर्षकी तिपतोङ तामाङको ज्यान गएको छ।
गोठबाट स्वास्थ्य चौकी टाढा भएका कारण गोठमा नै सुत्केरी गराउने क्रममा तामाङको ज्यान गएको हो। पति नुर्पुछिरिङको साथमा गोठमा बस्दै आएकी उनलाई स्वास्थ्य चौकी टाढा भएका कारण बचाउन नसकिएको हो। उनको गोठबाट स्वास्थ्य चौकी पुग्न एकदिन लाग्छ। स्वास्थ्यमा पहुँच नहुँदा रसुवामा तामाङजस्ता धेरै महिला अकालमा ज्यान गुमाउन विवश छन्।
साभार : नागरिक दैनिक
Comment Here!