-महिला खबर-
काठमाडौं । महिला अधिकारकर्मी चाँदनी जोशी ‘शान्ता थपलिया महिला शसक्तिकरण पुरस्कार’ द्वारा सम्मानित हुनुभएको छ । कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)ले आफ्नो ३१ औं वार्षिक उत्सवको अवसरमा ५० वर्षदेखि मानव अधिकार संरक्षण, सम्बर्धन तथा लैगिंक हिंसा विरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वकालत गदै अग्रणी भुमिका निर्वाह गरी महिला आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जोशीलाई सम्मान गरेको हो ।
बिहिबार प्रधान न्यायधीश गोपाल पराजुलीले जोशीलाई दोषल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभएको हो ।
ल्याकले यो सम्मान तथा पुरुस्कार महिलाका कानुनी अधिकार संरक्षण तथा महिला हिंसा विरुद्ध निरन्तर रुपमा कार्यरत रहि महिला शसक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउदै आईरहेका व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष प्रदान गर्दै आएको संस्थाका अध्यक्ष साधना श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी प्रहरी उपरिक्षक दुर्गा सिंहलाई महिला हिंसा विरुद्ध अभियानमा सक्रिय सहभागिता जनाई महिला तथा बाबालिकाको हितका लागि निरन्तर रुपमा पु¥याएको योगदानको सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गन मानव बेचबिखन विरुद्धको अभियान सक्रिय रहेको भन्दै उपसचिव सुनिता नेपाल र ल्याकका कानुन अधिकृत तथा कार्यक्रम संयोजक अधिवक्ता अन्जना न्यौपानेलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।
Comment Here!