साबित्रीको चिन्ता : कसरी गर्ने छोरीको सुरक्षा ?


प्रकाशित मिति :2017-08-18 14:20:44

-यमुना खनाल- 

लहान । बाढी प्रभावित जिल्लाका विस्थापित परिवारहरु अहिले पालमुनी बसिरहेका छन् । सिरहाको लहान नगरपालिका १, बाढी प्रभाबित मध्ये चार घर विस्थापित भएका छन् । त्रिपाल हालेर बसेका विस्थापितहरुलाई अहिले छोरीहरुलाई कसरी सुरक्षित गर्ने चिन्ता बढेको छ ।

खुल्ला चउरमा बसेका बाढी प्रभाबित उनीहरुलाई निरन्तरको वर्षा र भेलबाट जति चिन्तित बनाएको छ । त्यो भन्दा बढी खुल्ला चौरको बासमा छोरीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

लहान नगरपालिका १, की साबित्री देवीको घर शुक्रबारको बाढीले भत्कायो । घर भत्केपछि पाँच जना छोराछोरीसहित अहिले उनी पालमा बस्दै आएका छन् । साबित्रीका श्रीमान् मजदुरी गर्न पन्जाब गएका छन् । साबित्री तीन जना छोरी दुई छोरा सहित पालमा खुल्ला चौरमा बसेकी छिन् ।

साबित्री लाई पालको बसाईले न दिनमा भोक न रातमा निन्द्रा भएको छ । छोरी र आफु कसरी सुरक्षित भन्ने चिन्ता छ उनलाई । ‘दुईवटी छोरी छन् । समय यस्तो छ । रात बिरात कसैले केही गरेदिए मैले के गर्ने ?’ साबित्रीले चिन्ता सुनाईन् ।

उनीहरुलाई विभिन्न संघ संस्थाले सुख्खा खानेकुरा लत्ता कपडा, नगरपालिकाले पाल राहातको रुपमा दिए पनि उनलाई घर बनाउने सामग्री दिएका छैनन् । त्रिपालमुनी न त ढोका छ न बारिएको नै छ । खुला ठाउँमा रहँदा महिला घरमुली भएको घरमा अझ सुरक्षा जोखिम बढेको हो ।

जिल्लाभरी यस्ता कति बाढी पिडितहरु जोखिममा छन् भन्ने तथ्याङ्क जिल्ला दैविक प्रकोप उद्धार समिति तथा महिला बालबालिका कार्यलयसँग पनि छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: