अपांगतामैत्री संचार निर्देशिका बारे छलफल


प्रकाशित मिति :2017-08-18 17:23:34

महिला खबर

काठमाडौं । नेपाल अपांग महिला संघले ‘अपांगता मैत्री संचार निर्देशिका २०७३’ का विषयमा आज ललितपुरमा पत्रकारहरुसगँ छलफल गरेको छ । अपांगता भएका व्यक्तिहरुको अधिकार र गरिमाको संरक्षणमा टेवा पु¥याउने उदेश्यले बनाएको निर्देशिका संचारमाध्यम र संचारकर्मीहरुले प्रयोगमा ल्याउन तथा पालना गराउन पहल स्वरुप छलफल गरिएको संघले जनाएको छ ।

पत्रकार आचारसंहिता २०७३ को दफा १२ लाई आधार बनाई नेपाल पत्रकार महासंघ र रााष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा प्रेस काउन्सिलले २०७३ माघमा उक्त निर्देशिका जारी गरेको थियो ।

सवैभन्दा धेरै नागरिकको पहुँच हुने संचारमाध्यममा जानेर वा अन्जानमा अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानमा ठेस पुग्ने शब्दावली, उखानटुक्का र भनाईहरु प्रकासन, प्रसारण भैरहेकाले संचारमाध्यमबाटै त्यसको सुधार खाँचो रहेको नेपाल अपांग संघका अध्यक्ष निर्मला धितालले बताउनुभयो । विद्यमान सामाजिक चिन्तन र भ्रमलाई चिर्न पनि निर्देशिका आवश्यक रहेको उहाँले बताउनुभयो । अरुलाई सामान्य लाग्न विषय र शब्दले पनि अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानमा ठूलो चोट पुग्ने र त्यस विषयमा संचारमाध्यमले चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने संघका सल्लाहकार एवं राष्ट्रिय अपांग महासंघका उपाध्यक्ष टिका दाहालले बताउनुभयो ।

सो अवसरमा संचारिका समूहकी अध्यक्ष निर्मला शर्माले निर्देशिकाको विषय बुलेटमा पत्रकार महासंघकै आचारसंहितामा समावेश गर्नुपर्ने बताउनुभयो । साथै अपांगता भएका व्यक्तिहरुको सावल सम्वेदनशील भएकाले यसबारे पत्रकारिताको पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्देशिकामा अपांगता भएका व्यक्तिहरुका विषयमा समाचार लेख्दा प्रयोग गर्नुपर्ने र लेख्न नहुने शब्दावली, उखानटुक्का, भनाईहरु छुटट्छुटै उल्लेख गरिएको छ । उक्त निर्देशिका सवै संचारगृहहरुलाई पालना गर्न गराउन आग्रह गरिएको प्रेस काउन्सिलका सहप्रशासकीय एवं सुचना अधिकृत दिपक खनालले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: