महिला खबर
काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘व्यवसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ महाधिवेशनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान दश बजे प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । सोमबारसम्म चल्ने महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका छन् ।
नयाँ नेतृत्वका लागि प्रत्येक तीन–तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन हुनेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष – २, महासचिव–१, सचिव –६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव पनि थपिएसगै चार सचिब हुनेछ ।
सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधिको सहभागिता हुनेछ ।
नेतृत्वका लागि ३ जना पत्रकारले उम्मेदवारी दिएकोमा एक जना पनि महिला परेको छैन । नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघबीच तालमेल भएको लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धनले अध्यक्षमा पुरुषलाई नै अगाडी सारेको छ ।
त्यस्तै एमाले सम्बद्ध प्रेस चौतारी नेपाल नेतृत्व गठबन्धनले अध्यक्षमा पुरुषलाई नै उठाएको छ । भने आदिवासी जनजाति पत्रकारहरुको समर्थनमा स्वतन्त्र उम्मेदवार पनि पुरुष नै उठेका छन् ।
वि.स २०६३ सालमा एक महिला केन्द्रीय सदस्य अनिवार्य राखिएकोमा अहिलेसम्म आइपुग्दा चार पार्षद मध्ये एक महिला अनिवार्य भनिएको छ । विगतमा १ सय ५० पत्रकार महिला मात्रै पार्षद थिए भने अहिले २ सय ६८ महिला पार्षद रहेका छन् । तर आरक्षण बाहेक अध्यक्ष लगायत नेतृत्व तहमा भने महिलाहरु आउन सकेका छैनन् ।
यसपटक पनि कारीकार्य पदको आरक्षण सचिब पदमा मात्र महिलाबीच प्रतिस्प्रर्धा भएको छ । २५ औँ महाधिवेशनका लागि २०७४ को कुल सदस्य संख्या १२ हजार ७ सय ८४ मध्ये पत्रकार महिलाको संख्या २ हजार २ सय ४७ रहेको छ । (महासंघको २०७४ को प्रारम्भिक तथ्याङक)
Comment Here!