-महिला खबर-
काठमाडौँ । ‘शिक्षा लेखनवृत्ति–२०७३’ प्रदेश नम्बर– ३ बाट महिला खबर अनलाईनका दोलखा प्रतिनिधि सर्मिला बुढाथोकी पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिकोे सिफारिसमा प्रदान गरिएको उक्त पुरस्कारको राशी बीस हजार रुपैयाँ रहेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा उपप्रधान तथा शिक्षा मन्त्री गोपामान श्रेष्ठले पुरस्कार प्रदान गर्नु भएको थियो ।
सोही पुरस्कार प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक–भोजपुर), प्रदेश नम्बर ४ बाट– प्रतिक्षा काफ्ले (कान्तिपुर दैनिक–स्याङ्जा) तथा काठमाडौंबाट प्रज्ञा तिम्सिना (इमेज च्यानल टिभी–काठमाडौं) ले प्राप्त गर्नु भएको छ । त्यसैगरी रु. ३० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ प्रदेश नम्बर १ बाट सरिता राई (रासस–भोजपुर) ले प्राप्त गर्नु भएको छ ।
Comment Here!