बाढी प्रभावित बस्तीमा झाडापखालाको महामारी,एक बालिकाको मृत्यु


प्रकाशित मिति :2017-08-20 12:42:21

-यमुना खनाल-

सिरहा । बाढी तथा डुवानबाट प्रभावित सिरहाको औरहीमा झाडापखालाको माहामारी फैलिदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झाडापखाला लागेर बिरामी परेका औरही गाउँपालिका–५ का गंगाराम साफीकी डेढ वर्षिया छोरी भारती साफीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्र्यालय सिरहाले जनाएको छ ।
झाडापखालाबाट औरहीमा मात्र २ दर्जन बालबालिका सहित ६३ जना गंभिर रुपमा बिरामी परेका छन् । झाडापखालाका कारण बिरामी हुनेमा सबभन्दा बढी बालबालिकाको र त्यसपछि महिलाको संख्या रहेको कार्यालयले जनाएको छ ।

झाडा पखाला फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालय सिरहा र प्राथमिक स्वास्थ्य केन्द्र औरहीले औरहीमा बिहिवारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ६३ जना झाडापखालाका बिरामी भेटिएकोे प्राथमिक स्वास्थ्य केन्द्र औरहीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: