महिला खबर
सिरहा । आरेक नेपाल सिरहाले बाढी प्रभावित परिवार र विस्थापित परिवारका गर्भवती, सुत्केरी र नवजात शिशुहरुलाई लक्षित गरि ‘स्नेह केन्द्र’ सञ्चालन गरेको छ ।
बाढी प्रभावित महिला र बालिकाको सुरक्षाको लागि महिला र किशोरी मैत्री शिविर सञ्चालनको लागि पनि पहल गर्ने ओरेक नेपालले बताएको छ ।
महिला मानव अधिकार रक्षक सञ्जाल, मुक्ति नेपाल सिरहा लगायतका संघसंस्थाको संयुक्त पहलमा स्नेह केन्द्र सञ्चालन गरेको ओरेक नेपालले जनाएको छ ।
संस्थाले आमा र बच्चाको लागि पोसिलो खाना, न्यानो कपडा, बच्चा र आमाका लागि पोषण, सुत्केरी सरसफाई किट, सुत्केरी र किशोरीको लागी सेनीटरी प्याड कपडा वितरण गरेको छ । साथै सरसफाईका लागि साबुन , टुथ पेष्ट, ब्रस तथा महिला र बालिकाका लागि लुगा कपडा समेत प्रदान गरेको छ ।
स्नेह केन्द्रले गर्भवती , सुत्केरी, किशोरी र नवजात शिशुका लागि स्वास्थ्य परामर्श प्रदान गर्ने र बाढीका कारण रोगको संक्रमणबाट बच्ने उपायबारे जानकारी प्रदान गर्ने कार्य गरेको संस्थाले जनाएकोे छ ।
सिरहाको लहान नगरपालिकाका ५० घर बाढी पीडित र सिरहा नगरपालिका वडा नंम्बर एक बसबिट्टाका बाढी पीडितलाई पहिलो चरणमा यो राहातको प्याकेज वितरण गरेको ओरेक नेपाल सिरहाका कार्यक्रम संयोजक शुनिल कुमार शाहले बताउनुभयो ।
यसैगरी ओरेक नेपाल कैलालीले पनि बाढी प्रभावित परिवार र विस्थापित परिवारका गर्भवती, सुत्केरी र नवजात शिशुहरुलाई लक्षित गरि ‘स्नेह केन्द्र’ सञ्चालन गरेको कैलालीका जिल्ला संयोजक बिनु रानाले जानकारी दिनुभएको छ ।
अाेरेक नेपाल कैलालीले १६गर्भवती,१९ सुत्केरी, २१ नवजात शिशु,५ बालबालिका र १० जना जेष्ठ नागरिक स्नेह केन्द्रमा रहेकाे बताएकाे छ ।
स्नेह केन्द्र सञ्चालनका लागि युएनएपीए,रेडक्रस सोसाइटी,दैविक प्रकोप उद्धर समिति,सुदुरपश्चिम महिला जागरण मन्च र सेती अञ्चल अस्पतालले सहयाेग गरेकाे संयोजक रानाले बताउनुभयाे ।
तस्वीर:स्नेह केन्द्र कैलाली
Comment Here!