महिला हिंसा बिरुद्धको चेतनाका लागि लोकगीत प्रतियोगिता


प्रकाशित मिति :2017-08-20 14:33:38

-महिला खबर- 

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँका महिलाहरुले तिजलाई लक्षित गर्दै महिला हिंसा विरुद्ध जनचेतना जगाउनका लागि गाउँमा लोकगीत प्रतियोगिता गरेका छन् ।

पुरानागाउँ महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनमा शनिबार सम्पन्न प्रतियोगितमा ७ वटा समुहले भाग लिएका थिए । प्रतियोगितमा स्वामीबोट महिला समुह प्रथम, पिपलबोट महिला समुह द्धितीय र सिद्धि गणेश महिला समुह तृतीय भएका थिए । ४ समुहलाई सान्तवना पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितमा पहिलो हृुनेलाई ३ हजार, दोस्रो हुनेलाई २ हजार र तेस्रो हुनेलाई एक हजार र सान्तवना ५ सय पुरस्कार राशी कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ९ को वडाध्यक्ष बुद्धी बहादुर पुलामी मगरले वितरण गर्नु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: