-महिला खबर-
रामेछाप । बाल कल्याण समिति रामेछापले जिल्लाका ८ वटै स्थानीय तहमा भदौ २५ गते भित्र बाल संजाल गठन गर्ने भएको छ ।
जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले जिल्लाका २ नगरपालिकाका प्रमुख÷उपप्रमुख र ६ गाउँपालिकाका अध्यक्ष÷ उपाध्यक्षका साथै कार्यकारी अधिकृतहरुलाई गैर–सरकारी संस्था महासंघ रामेछापको व्यवस्थापनमा एक दिने बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ ।
भदौ २७ गते बाल दिवसका अवसरमा मन्थली नगरपालिका भित्रका विद्यालयले मात्र भाग लिन पाउने गरी बाल अधिकार सम्बन्धमा सरोकारवाला निकायको भुमिका विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरेको छ ।
प्रतियोगितमा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको महिला तथा बालबालिका कार्यलयकी प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिनुभयो ।
Comment Here!