महिला खबर
काठमाडौं । पत्रकार तथा सञ्चारिका समूहकी कोषाध्यक्ष यशोदा अधिकारीले पत्रकार महासंघको २५ औं अधिवेशनमा कोषाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले महिलालाई जहाँपनि आरक्षण सिटमा मात्र उठाउने प्रवृतिलाई तोड्दै स्वतन्त्र रुपमा आइतबार कोषध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
‘अहिलेसम्मको प्रवृती महिलालाई आरक्षण सिटमा मात्र उम्मेदवार बनाएको छ । आरक्षणमा मात्र महिलाले उम्मेदवारी दिदैनन् त्यसभन्दा बाहिर गएर पनि उम्मेदवारी दिन्छन् र लड्न सक्छन्’ पत्रकार अधिकारी भन्नुभयो ।
उहाँले आफूलाई उम्मेदवारी फिर्ता गर्न दबाब परेको समेत बताउनुभयो ।
अधिकारी रेडियो नेपालमा कार्यरत हुनुहुन्छ । पत्रकार महासंघको २५ औं अधिवेशन आइतबार काठमाडौंमा शुरु भएको छ ।
Comment Here!