पत्रकार महासंघको निर्वाचन आज, १७ पत्रकार महिला चुनावी मैदानमा


प्रकाशित मिति :2017-08-21 09:46:35

महिला खबर

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि मतदान आज हुने भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

४७ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय लेखा समितिको लागि देशभरबाट काठमाडौं आएका सभासद्ले मतदान गर्ने छन् । जसमा १७ जना महिलाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । केन्द्रीय समितिको नेतृत्वका लागि ५ जनाको अध्यक्षमा उम्मेदवारी परेको छ ।

अध्यक्षमा तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, भावना विद्रोही र इन्द्रबहादुर राउतले उम्मेदवारी दिएका हुन् । कोइराला प्रेस चौतारी र मधेश केन्द्रित दलहरुको उम्मेदवार हुन् भने आचार्य प्रेस युनियन र प्रेस सेन्टरका तर्फबाट उम्मेदवार हुन् । उजिर मगर, भावना विद्रोही र इन्द्रबहादुर राउतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी खुला उपाध्यक्ष पदमा मात्रिका पौडेल, विपुल पोख्रेल र दीपक पाठकको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा भने दीलिप थापामगर र महेश दासको उम्मेदवारी परेको छ । महासचिव पदको लागि बालकृष्ण बस्नेत र रमेश विष्ट उम्मेदवार छन् ।

सचिव पदमा रुद्रप्रसाद भट्ट, दीपेन्द्र कुँबर, भुपराज खड्का र रामप्रसाद दाहाल उम्मेदवार छन् । महिला तर्फको सचिव पदमा सुष्मा पौडेल र लक्ष्मी पुनले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाती सचिव पदमा सिद्धराज राई र उदय जी. एम.को उम्मेदवारी छ । मधेशीबाट सचिवका लागि अतिशकुमार मिश्र र शीतलप्रसाद महतोले उम्मेदवारी दिएका छन् । दलितबाट सचिवमा हेकमर्ण विक रेमबहादुर विश्वकमा र एशोसिएटबाट सचिवमा प्रकाश थापा र महेन्द्रप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् । सचिव पदमा ६ जना निर्वाचित हुनेछन् ।

कोषाध्यक्ष पदको लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ । त्यसैगरी लेखा समितिको संयोजकमा रामहरि सिलवाल र रोशन पुरी सदस्य छन् ।
सदस्यमा खुलातर्फ ३ र महिला सदस्यतर्फ ७ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यको ३ जना निर्वाचित हुने पदमा उर्वसी बस्न्यात (न्यौपाने), निमा काफ्ले, गगनशिला खड्का, स्वेता सिन्हा, सृजना अर्याल, जानुका बराल र रुवी श्रेष्ठ (रामकुमारी) ले उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी कुल १८ जनाको उम्मेदवारी परेको खुला सदस्यतर्फ चाँदनी हमाल, रमा दाहाल र मनिता चाम्लिङ गरी ३ जना महिलाले उम्मेदवारी दिएका छन् । खुला सदस्यमा ५ जना निर्वाचित हुने विधानले व्यवस्था गरेको छ । त्यस्तै २ पदको दलित सदस्यमा ४ जनाको उम्मेदवारी छ । त्यसमा मधु शाही महिला उम्मेदवार छिन् ।

मधेशी सदस्य पदको लागि माला कर्ण, ६ वटै प्रदेशबाट २/२ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । ३ सदस्यीय लेखा समितिमा महिला सदस्य पदका लागि बबिता शर्मा र मीरा राजभण्डारीले उम्मेदवारी दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: