महिला खबर
काठमाडौं । स्वर्गीय ‘उमा सिंह पत्रकारिता पुरस्कार’बाट यो वर्ष पत्रकार सीमा शर्मा पुरस्कृत हुनुभएको छ ।
आइतबार नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको अवसरमा शर्मालाई प्रधानमन्त्री शेर बहादुर देउवाले नगद पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारको राशी दश हजार रहेको छ ।
शर्मा सञ्चारिका समूहका कार्य समिति सदस्य तथा रेडिया नेपालमा कार्यरत हुनुहुन्छ । शर्मा २०६३ सालदेखि पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ ।
२०६५ पुस २७ गते जनकपुरमा हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिँदै आइएको छ ।
Comment Here!