सार्वजनिक स्थलमै कुटिन्छन् दलित महिला


प्रकाशित मिति :2017-08-21 17:01:04

–महिला खबर–

                           प्रतिक्षा परियार

काठमाडौं । तनहुँको व्यास नगरपालिका १० की एक दलित महिला पानी छोएको निहुँमा शनिबार छिमेकीबाटै कुटिइन् । २७ वर्षीया प्रतिक्षा परियारलाई स्थानीय ३० वर्षीया रुपा गुरुङले पानी छोएको निहुमा कुटेकी हुन् । परियारको गर्धन र टाउकोमा चोट लागेको छ ।

परियारले धारामा बोतल भर्दै गरेको अवस्थामा गुरुङले पानी थापिरहेको बोतमामाथि अर्को बोतल थापेपछि विवाद भएको थियो । दुई जनाको बीच भनाभन भएपछि गुरुङले परियारमाथि कुटपिट गरेको जनाइएको छ । पुजा गर्ने पानी छोएपछि पानी अशुद्ध भएको भन्दै कुटपिटका साथै गाली गलौच गरेको परियारले बताइन् ।

यसअघि पनि परियारलाई गुरुङले सार्वजनिक स्थलमा गाली गलौच गरेको पीडित परियारले बताएकी छिन् । त्यसबेला गल्ती नगर्ने भन्दै गाउँमै मिलापत्र गरिएको थियो ।

तनहुँका प्रहरी एसपी उमेशराज जोशीले  दुबै पक्षकाबीच छलफल भइरहेको र पीडकलाई कारबाही गरिने बताउनुभयो ।

यसअघि असारमा सुर्खेत लेकवेशी नगरपालिका साटाखानीमा पानी छोएको निहुँमा २७ वर्षीया टीकाकुमारी मिजारलाई स्थानीय मनकुमारी राई र उनका छोरा मनबहादुर राईले कुटपिट गरेका थिए । कुटपिटकै कारण टीकाको टाउको, छोती र शरीरमा गहिरो चोट लागेको थियो ।

               टीका कुमारी मिजार

बेहोस भएकी टीकालाई आफन्तले मेडिकलसम्म पुर्याएका थिए । नाक र मुखबाट रगत बगेर होस नखुलेपछि उनलाई थप उपचारका लागि क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।

नेपालको संविद्यानले नै कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भनिएको छ ।

यदि सार्वजनिक स्थान वा निजी स्थानमा छुवाछूत तथा भेदभाव जन्य कार्य भएमा गम्भीर सामाजिक अपराधका रुपमा कानून बमोजिम दण्डनीय हुनेछन् भनिएको छ । त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको छ ।

दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले अहिलेपनि सार्वजनिक स्थानहरु धारा, पधेँरा, मठ मन्दिरमा छुवाछुतकै निहुँमा दलित महिला कुटपिट हुने गरेकाले त्यस्तो स्थिति रोक्न कानून कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ ।

राष्ट्रिय दलित आयोगका कानुन अधिकृत राम मिजारले कानुनी पक्ष फितलो हुँदा छुवाछुतका घटना घट्ने गरेको बताउनुभयो । छुवाछुतका नाममा सार्वजनिक स्थानमा कुटपिट गर्नेलाई जातिय छुवाछुत कसुर सजाय अन्र्तगत छुवाछुत र कुटपिटको मुद्धा लाग्ने उहाँको भनाई छ ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ ले जातिय भेदभाव र छुवाछुत गर्नेलाई २५ हजार सम्म नगर जरिवाना तथा एक वर्षदेखि तीन वर्षसम्म केद वा दुवै सजाय हुने कानुनी व्यवस्था गरेको छ । यस्तै पीडकबाट असुल गरेर पीडितलाई २५ हजारदेखि एक लाख रुपैँयासम्म क्षतिपूर्ति दिने कानुनी व्यवस्था रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: