बाढीपीडितका लागि राहत संकलन गर्दै महिला


प्रकाशित मिति :2017-08-21 15:48:46

महिला खबर

भक्तपुर । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र २ क्षेत्रीय समितिले शनिबार बाढीपीडितका लागि राहत संकलन कार्यक्रम आयोजना गरेको छ ।

देशमा बिपत परेको बेला तीजको रमाइलो र नाचगानलाई स्थगित गर्दै राहत संकलनमा उनीहरु जुटेका हुन् । कार्यक्रमका प्रमुख अतिथि सुर्य्विनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले तीजलाई परिमार्जित गर्दै राहत संकलनमा महिलाहरुको सक्रियता देख्दा खुशी लागेको बताउनुभयो ।

उहाले तीजलाई बिकृतिमा संस्कृतिको बिजय पर्वको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । संस्थाका जिल्ला सचिब उत्तरा नेपालले राहत संकलनका लागि घर घरमा पुग्न गार्हो भएकोले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

नेकपा एमालेका तर्फबाट गीता अन्जानले देश बिपतमा डुबिरहेको बेला दिदीबहिनीहरु चुप लागेर बस्न नमिल्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष कविता थापाले तीज हुने खानेको मात्र नभई हुदा खानेको पनि हुनुपर्नेर राहत संकलन कार्यक्रमले सकरात्मक संदेश दिने बताउनुभयो् ।

सहभागीका तर्फबाट मालती पौडेलले बिपतको बेला तराई दाजुभाइलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो। कार्यक्रममा समाजसेवी राधिका शाक्यको १० हजार नगद सहयोग सहित४० हजार राहत संकलन भएको थियो ।

समितिका अध्यक्ष हिरामाया शेर्पालिे देशको अवस्थालै मध्यनजर गरेर संस्कृति तोड्न नसकेको र बाढीबाट प्रभावित तराईका दाजुभाइलाई पनि छोड्न नमिलेको यो कार्यक्रम गरेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: