पत्रकार महासंघको अध्यक्षमा आचार्य विजयी, सचिव सहित ६ पदमा महिला


प्रकाशित मिति :2017-08-22 12:20:33

पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय लेखा समितिको निर्वाचनबाट केन्द्रीय कार्यसमितिमा ५ जना महिला अर्थात् १० प्रतिशत र १ जना लेखा समितिमा निर्वाचित भएका हुन् ।

महिला खबर

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनबाट गोविन्द आचार्यको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आचार्यले निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालालाई १ सय ५ मतको अन्तरले हराउनुभएको हो ।

आचार्यले ७३२ मत प्राप्त गर्नुभयो भने कोइराले ६२७ मत प्राप्त गर्नुभएको हो । यसैगरी खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर विजयी भएका छन् । महासचिवमा रमेश विष्ट विजयी हुनुभयो ।

त्यसैगरी सचिवमा खुलातर्फ रामप्रसाद दाहाल र महिलातर्फ लक्ष्मी पुन विजयी हुनुभएको छ । पुन सञ्चारिका समूहको सदस्य पनि हुनुहुन्छ । आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेशीबाट शीलतप्रसाद महतो, दलितबाट रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा विजयी भएका छन् ।

कोषाध्यक्ष पदमा राजेश मिश्र निर्वाचित भए । यस्तै लेखा समिति संयोजक रोशन पुरी, सदस्यहरुमा मीरा राजभण्डरी र भुपेन्द्र आचार्य विजयी भएका हुन् ।

सदस्यहरुतर्फ भने महिलाको आरक्षण सिटमा ३ जना र दलिततर्फ एक जना महिला निर्वाचित भएका छन् ।

निर्वाचित हुने महिलामा सृजना अर्याल, श्वेता सिन्हा र जानुका बराल छन् । अर्याल सञ्चारिका समूह चितवन शाखाको अध्यक्ष हुनुहुन्छ । महिला आरक्षण सिटमा ७ जना महिलाले सदस्यको लागि उम्मेदवारी दिएका थिए । त्यसैगरी दलित तर्फबाट सदस्यमा मधु शाही निर्वाचित हुनुभएको छ । उहाँ सञ्चारिका समूहको सदस्य पनि हुनुहुन्छ । पत्रकार महासंघको निर्वाचनमा १७ जना महिला चुनावी प्रतिस्पर्धामा थिए ।

लक्ष्मी पुन                        सृजना अर्याल             जानुका बराल                  श्वेता सिन्हा               मधु शाही           मीरा  राजभण्डरी

पत्रकार महासंघको केन्द्रीय सदस्यमा ४७ जनाको कार्यसमिति र ३ सदस्यीय लेखा समितिको चयनको लागि निर्वाचन भएको हो । जसबाट कार्यसमितिमा ५ जना महिला अर्थात् १० प्रतिशत र १ जना लेखा समितिमा निर्वाचित भएका हुन् । ६ वटा प्रदेश सहित अन्य पदमा भने निर्वाचित हुने सबै पुरुष छन् ।

आइतबारदेखि सुरु भएको पत्रकार महासंघको महाधिवेशनमा सोमबार मतदान भएको थियो । भने सोमबार बेलुकीदेखि नै सुरु भएको मतगणनाको नतिजा मंगलबार बिहान आएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: