-बिदुर आचार्य-
सिन्धुपालचोक । चौतारा साँगाचोकगढी नगरपालिका १, स्याउलेकी आकृति जोन्जेकले आफ्नै बारीमा तरकारी उत्पादन गर्न थालेपछि उनको जीवनस्तरमा सुधार आएको छ । भुकम्पले घर ढलेपछि जीवन चलाउनको लागि उनले तरकारी खेती थालेकी हुन् ।
‘भूकम्पमा घर लड्यो, बस्नेको अझै ठेगान छैन ।’ आकृतिले भनिन्– ‘तरकारी खेती थालेपछि परिवार धान्दै घर बनाउने रकमको संगाल्न थालेको छु ।’
उनीहरुलाई पुर्नस्थानाको लागि घरेलु तथा साना उद्योद्य कार्यालयले स्थानीय गैर सरकारी संस्थासँग सहकार्य गरेर तरकारी खेतीको लागि सहयोग गरेपनि आकृति मात्रै होइन सिन्के धूप बनाउने तालिम लिएकी चौतारा साँगाचोकगढी नगरपालिका ३ की गीतादेवि ढुङ्गानाको पनि दैनिकीमा सुधार आउन थालेको छ ।
तालिम पाएपछि आफैलाई केहि गर्नुपर्छ भन्ने धारणा आएको उनले बताईन् । १६ जनाले गरेको सामुहिक रुपमा सिन्के धूप उत्पादनको लागि घरेलु उद्योगको रुपमा दर्ता गरेरै काम गर्न थालेको छौँ’ गीतादेवीले भनिन् ।
उनले दैनिक नगद कारोबार हुने उद्यम जानेपछि आफूमा पनि आत्मविश्वास बढेको बताईन् । कार्यालयले नगदका लागि काम कार्यक्रम स्थानीयलाई व्यवसायी बनाउनको लागि तरकारी खेती, सिन्केधुप उत्पादन, च्याउ खेती, घर बगैँचा र कुखुरा पालन गरी २ सय ३३ जना महिलालाई तालिम दिईएको छ ।
Comment Here!