कपिलवस्तुका जनप्रतिनिधि महिला भन्छन् : संस्कृति जोगाउँदै तीज मनाऔं


प्रकाशित मिति :2017-08-22 15:00:54

नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिदै छ । पछिल्ला दिनहरुमा भड्किलो बन्दै गएको तीज कसरी मनाउने ? यसै विषयमा केन्द्रित गरि जिल्लाका जनपप्रतिनिधि महिलासँग महिला खबर सहकर्मी पार्वती पाण्डेले गर्नु भएको कुराकानीको संक्षिप्त अंश  :

                                 ‘तीजमा तडक भडक नगरौं’

शिवकुमारी चौधरी, उपप्रमुख शिवराज नगरपालिका कपिलवस्तु

नेपाली महिलाहरुको पर्व हरितालिका तीज नजिकिँदै छ । यस पर्वलाई भड्किलो भन्दा पनि संस्कृतिको जगेर्ना गर्दै मनाउनु आवश्यक छ ।

ठुला ठुला चारतारे होटलमा तीज मनाउनु भन्दा गाउँ ठाउँमा दिदी बहिनी जम्मा भएर दुःख, पीडा, सुखका गीत गाएर गाउँघरकै पोषिला खानेकुरा खाएर मनाउनु पर्छ । यसरी तीज मनाउँदा गरिब, पछाडि परेको समुदाय, जेष्ठ नागरिक सबैको सहभागिता हुन्छ । पर्वको महत्व अझ बढ्छ ।

सबै वर्गका महिलासँगै बसेर तिज मनाउँदाको खुशी फरक हुन्छ । तीजको नाममा शिरदेखि पाउसम्म गरगहना किन्ने बानीको अन्त्य हुनुपर्छ । गहनाले महिलाको असुरक्षा पनि हुन्छ । महंगा कपडा, गहना वर्षै पिच्छे किन्ने परिपाटिको अन्त्य गर्दा समाजमा सुशासन कायम गर्न मद्दत पुग्छ । महिलाहरुले गरगहना भन्दा पनि आफ्नो सोचमा परिवर्तन गरी यो पर्वलाई सामाजिक रुपान्तरणको चाडका रुपमा मनाउनु पर्छ ।

                                             ‘पर्वको महत्व जोगाउँ’

लक्ष्मी गुप्ता , उपप्रमुख, कपिलवस्तु नगरपालिका कपिलवस्तु

नेपाली महिलाहरुको पर्व हरितालिका तीजलाई विकृतिका रुपमा नभई संस्कृतिका रुपमा मनाउनु पर्छ ।

वर्ष दिनमा दिदी बहिनीहरुको भेटघाट सुख दुःख बिसाउने चौतारीको रुपमा यस पर्वलाई मनाउनु पर्छ । यसरी मनाउदा पर्वको संरक्षण एवं जर्गेना हुन्छ । दिदीबहिनीहरु भेटघाट हुने अवसर प्रदान हुन्छ ।

तीजलाई भड्किलो बनाउँदा कमजोर आर्थिक अवस्था भएकाको खिन्न हुन्छ । त्यसैलै के गरिब, के धनी सबै मिलेर सामान्य तवरले तीज मनाउनु पर्छ । खर्चिलो र भड्किलो बनाउनु हुँदैन  । यसरी मनाउँदा पर्वले सबैमा आत्मीयता बढाउन सक्छ ।

                                                        ‘संस्कृति जोगाऔं

सवनम खातुन , उपमेयर कृष्णनगर नगरपालिका कपिलवस्तु

नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजले सबै नेपाली महिलाहरुमा भाईचारा ल्याउन सकोस् ।

विकृतिलाई हटाई संस्कृतिको संरक्षण गर्न सकोस् । महंगा कपडा, अनावश्यक गहनाहरुमा भन्दा पनि सामान्य रुपमा मनाउन दिदीबहिनीलाई अनुरोध गर्छु । तीजलाई नेपाली महिलाहरुले सुखदुःख बिसाउने पर्वका रुपमा विकास गर्नु पर्छ । आफ्नै मौलिकता झल्काउने गीत गाएर महिला दिदीबहिनीले आफ्नो सिर्जना झल्किने पर्व पनि यसलाई बनाउनु पर्छ ।

गीतमा विकासका, शिक्षा, स्वास्थ्य, राजनीतिक परिवेश जस्ता सवाल उठाउनुपर्छ । तब मात्र तीज पर्व महिमा जोगाउन सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: