सुनौला हजार दिनको महत्व बुझाउँदै आमाहरु


प्रकाशित मिति :2017-08-22 16:07:22

-सागर परियार-

जुम्ला । जुम्लाका महिलाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन् । तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ को महत्वबारे जानकारी दिन थालेका हुन् ।

उनीहरुले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सुधार आएको बताएका छन् । ‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथ सञ्चार केन्द्रले दिएको जानकारी गाउँका महिलाहरुलाई गराएको महावै आमा समूहकी अध्यक्ष कालिका भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो – हामी आमा समूहको बैठक राखेर आमा र शिशुलाई पोषिलो कसरी बनाउने भनेर पोषणयुक्त खानाका विषयमा छलफल गर्छौं ।’ प्रौढ कक्षा पढेर सामान्य आफ्नो हस्ताक्षर गर्नसक्ने समूहका आमा सदस्य सुनेर सिकेका आधारमा सुनौला हजार दिनका विषयमा घर बस्तीमा गएर पनि अरुलाई सिकाउन थालेका हुन् । आफूहरुले बूढापाका, सासू बुहारीका साथै विवाह गर्न योग्यका जोडीलाई पनि ‘सुनौला हजार दिन’ महत्व र प्रभावबारे बुझाउँदै आएको उहाँको भनाइ छ ।

त्यसमा तिला–३ का स्वास्थ्य स्वयंसेविका सत्यदेवी भट्टराईले गर्भवती भएको नौ महिना बराबर २३० दिन र बच्चा जन्मेदेखि दुई वर्षसम्मको ७३० दिन गरेर एक हजार दिन हुन्छ भनेर गाउँका सबैलाई सिकाउँदै आएको बताउनुभयो । यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले यसलाई ‘सुनौला हजार दिन’ भनिएको कुरा प्रष्ट्याउँदै आएको उहाँको भनाई छ ।

‘हामीले गर्भवस्था र बच्चा दुई वर्ष नहुञ्जेलसम्मका आमालाई, गेडागुडीको झोल, हरिया सागपात, पहेला फलफूल, अण्डा, माछा, मासु, घ्यू, दूध, दहीजस्ता पोषकतत्व खान र परिवारलाई खुवाउन भन्दै आएका छौं ।’ उहाँले भन्नुभयो ।

आमा समूहका महिलाहरुले गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भ जाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउनेबारे पनि बुझाउँदै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: