एकै वडामा ४५ बालविवाह


प्रकाशित मिति :2017-08-23 09:55:57

-प्रेमराज सिम्खडा-

कालिकोट। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ (साबिकको रकु गाविस) मा ४५ जनाले बालविवाह गरेका छन् । मस्टो सरस्वती माध्यमिक विद्यालय बुठिगे र शंकर माध्यमिक विद्यालय सेरिज्युलामा अध्यायनरत ४५ विद्यार्थीले बालविवाह गरेको अनुगमनका क्रममा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटको नेतृत्वमा गएको विभिन्न संस्था सम्मिलित अनुगमनमा टोलीले सान्नी त्रिवेणी गाउँपालिका–१ मा सो तथ्य भेटिएको हो ।

जिल्लामा केही वर्षयता बालविवाह न्यूनीकरणको अभियान चले पनि सो विवाह भएको छ । विवाह गर्नेमध्ये दलित समुदायका ३७ र ८ जना क्षत्री समुदायका छन् ।

दलित समुदायमा बढी बालविवाह हुने गरेको रिपोर्टका आधारमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन दलित समुदाय केन्द्रित हुँदै आए पनि त्यसको प्रभाव र प्रतिफल कम रहेको देखिएको छ ।

बालविवाह गरेका ४५ मध्ये बाल क्लबले चर्को दबाब दिएपछि तीन जोडीले विवाह रद्द गरेका छन् । एक वर्षअघि सो वडाका सबै नागरिकको भेलाले अबदेखि बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि गाउँ बालसंरक्षण समितिको आगुवाइमा पूर्ण बालविवाह मुक्त गाविस (साबिकको रकु गाविस) समेत घोषणा भएको थियो ।

अनुगमनको नेतृत्व गरेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरोज चौलागाईंले अझै पनि सामाजिक सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने र त्यसपछि सयुक्त अभियानले पनि बालविवाह नरोकिएमा कडा रूपमा प्रस्तुत हुने बताए । घरदैलौमा पुग्दै एकपटकलाई मात्र सुझाव दिने हो भन्दै उनले भने, ‘आगामी दिनमा पुनः त्यस्ता घटना दोहोरिए नेपालको प्रचलित कानुनअनुसार आफ्नो कार्यालय अगाडि बढ्नेछ । कानुनी रूपमा मात्रै नभएर बालविवाह सामाजिक रूपमा अपराध हो,’ उनले भने ।

सो वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई समेत अनुगमन टोलीले घरदैलोमा पु¥याएको थियो । बालविवाह गर्नेहरू प्रायः कक्षा ५ देखि १० पढ्दै गरेका र १३ देखि १७ वर्ष उमेर समूहका छन् । सो क्रममा बालविवाह गर्नेहरूसहित अविभावक, शिक्षक र अन्य विद्याथीलाई समेत बालविवाहका असर, यसले स्वास्थ्य, शिक्षा र जीवनमा पार्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो । बालविवाह गर्दाका समस्यासँगै बालविवाह गर्ने गराउनेलाई कानुनले दिने सजायबारे पनि जानकारी गराएको टोलीका प्रमुख निरोज चौलागार्इंले बताए ।

पटकपटकको प्रयास र राज्यको पुरै शक्ति लाग्दा पनि रकुमा बालविवाह रोक्न नसक्नु लाजमर्दो भएको बालसंरक्षण अधिकृत धनीराम न्यौपानेले बताए ।

स्थानीय राजनीतिक दल, शिक्षक र सुरक्षा निकायका सबैको साझा सहमतिमा गरिएको प्रतिबद्धताको समेत खिल्ली उडेकाले अविभावकलाई कानुनी दायरामा ल्याउनुपर्छ, उनले भने । जनप्रतिनिधिहरूले पनि आफू नभएको जस्तो समाज भएकाले आगामी दिनमा बालविवाह, बालहिंसा र दुव्र्यव्यवहार आदि घटनाको न्यूनीकरणमा कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् ।

साभार : राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: