बालुवा निकाल्न जाँदा महिलाको मृत्यु
जोखिम मोलेर दैनिक बालुवा निकाल्छन् जुम्लाका महिला
–सागर परियार –
जुम्ला । जुम्लामा एक महिलाको बालुवा निकाल्न जादा तिला नदीले बगाएर ज्यान गएको छ । चन्दननाथ नगरपालिका ७ बस्ने २४ वर्षीया पार्वती भण्डारीको ज्यान गएको हो ।
भण्डारीलाई नदिले २० मिटर तल बगाएको प्रहरी सहायक निरीक्षक जीवराज योगीले जानकारी दिए । अविरल बर्षाका कारण नदीमा पानीको वहाव बढेका कारण नदिले बगाएको प्रहरीको अनुमान छ ।
जुम्ला चन्दननाथ नगरपालिकाका महिलाहरु जिविकोपार्जनका लागि दैनिक जोखिम मोलेरै नदिमा बालुवा संकलन गर्ने गर्छन । खेतीपाती गर्ने जमिन नभएपछि बालुवा निकाल्नु उनिहरुको बाध्यता छ । कुलालन बाडा गाउँका झण्डै १५ जना महिला दैनिक यसरी नै गुजारा गर्दै आएको गौंकली कुलालले बताईन् । साउन र भदौ महिनाभरी बालुवा निकालेमा ३५ हजार जति कमाई हुने गरेको उहाँको भनाई छ ।
Comment Here!