-महिला खबर-
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसददेखि स्थानीय तहसम्म महिलालाई जनप्रतिनिधि भएर काम गर्ने अवसर आएको बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको श्रावणी मेलाको समापनमा सम्बोधन गर्दै भण्डारीले अहिले नेपाली महिलालाई सामाजिक अवसर आएको बताउनुभयो ।
उहाँले प्राचीन कालदेखि नै जीवन र जगत् चल्न महिला र पुरुषको समान भूमिका रहेको भन्दै महिलाले अहिले पाएको अवसरको सदुपयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
Comment Here!