महिनावारी हुँदा ७ दिनसम्म गोठमै बस्छन जुम्लाका महिला


प्रकाशित मिति :2017-08-23 15:32:53

–सागर परियार–

जुम्ला । जुम्लाका महिलाहरु छुई आर्थात महिनावारी भएको बेला ५ देखि ७ दिनसम्म घर बाहिरै बस्ने गर्दछन् । परम्परागत मूल्य, मान्यता र संस्कारलाई अहिले पनि महिलाहरुले मानि रहेका छन् । महिलाहरु छुई भएको बेला एक महिनामा कम्तीमा ५ दिन घर बाहिर बस्दा पनि वर्षमा ६० दिन घर बाहिर बस्नुपर्छ । यसरी घर बाहिर बस्दा किरा, फट्याग्रां र जनावरहरुको डर हुने स्वयम महिलाहरुले नै बताउने गरेका छन् ।

हाँकु ५ का लिला न्यौपानेले छुई हुँदा ७ दिनसम्म नियमित सरसफाई गरि घरको छुटै कोठामा बस्ने गरेको बताइन् । छुई भएको बेला घर भित्र बस्दा देवि देवता रिसाउने भन्दै महिलाहरु घर बाहिर बस्दै आएका हुन् । जुम्लाका धेरै जसो महिलाहरु अहिले पनि छुई भएको बेला घर देखि छुट्टै बस्ने गरेका छन् । समय परिवर्तन भएपनि उनीहरुको परम्परागत मान्यता परिवर्तन हुन सकिरहेको छैन । कतिपयको परिवारले भने घरको छुटै कोठामा बस्ने गरेको तर पुजाकोठा र भान्सा नछोइ बस्ने गरेको बताउँछन् ।

महिनावारी नियमित हुने प्रक्रिया भएकाले यस्तो बेला नियमित सरसफाई गरि पहँेला सागपात, गेडाडगुडी झोल र फलफूल खानुपर्ने महिलाहरु स्वम बताउँछन् । यस्तो बेला घरमै बस्न पाए डरमुक्त हुने न्यौपानेले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: