अखिल(क्रान्तिकारी) को महाधिवेशनः नेतृत्व तहमा महिला आकांक्षी न्युन
–महिला खबर–
काठमाडौं । माओवादी निकट अखिल(क्रान्तिकारी)को २१ औँ महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ । नयाँ नेतृत्वका लागि ११ गतेसम्म हुने महाधिवेशनले २५ पदाधिकारी सहित १९९ जना केन्द्रीय कमिटी चयन गर्नेछ ।
कमिटीमा एक अध्यक्ष, सात उपाध्यक्ष, तीन खुल्ला र महिला, जनजाति, मधेशी तथा मनोनित गरी एक–एक जना (एक महासचिव, तीन उपमहासचिव, (दुई खुल्ला र एक महिला), (१३ सचिव) सात प्रदेशका दुई जना महिला र एक–एक जना दलित, जनजाति, मधेशी र विश्व विद्यालयका) र एक कोषाध्यक्ष हुनेछन् ।
नेतृत्व (अध्यक्ष पद) मा भने पुरुष नै उठाउने भएको छ । सचिवालय सदस्य स्मृति अधिकारीले अध्यक्षमा महिला आकांक्षी भएपनि बैठकले पुरुषलाई उठाउने निर्णय गरेको बताउनुभयो ।
उपाध्यक्षमा भने लक्ष्मी प्रधान, वृषिका राई, सुनिता किँराती आकांक्षी देखिएका छन् । उपमहासचिवमा प्रविना अधिकारी, राममाया थपलिया आकांक्षी छन्, भने सचिव पदका लागि स्मृति अधिकारी, विष्णु महतो, कविता ढुंगाना, वसन्त भण्डारी, एलिसा थापा, गंगा दाहाल आकांक्षी रहेको अधिकारीले बताउनुभयो ।
अखिल क्रान्तिकारी छात्रा विभाग प्रमुख राजेश्वरी सुवेदीले अभैmपनि पार्टीभित्र महिलाको नेतृत्व स्वीकार्न गाह्रो भएको बताउनुभयो । उहाँले विद्यार्थी नेताहरुमा पनि रुढीबादी सोच अझै रहेको बताउनुभयो ।
विहिबार बन्दसस्त्रबाट विधान पारित भएसगैँ उम्मेदवारी दर्ता र मतदान प्रक्रिया अघि बढ्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
Comment Here!