यसरी मनाऔं तीज


प्रकाशित मिति :2017-08-23 17:11:23

–महिला खबर–

काठमाडौं । तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चार्ड हो । यो चार्डमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने र मनका भावना एवं सुखदुख साटासाट गरि एउटै ठाउँमा खाने-बस्ने चलन छ ।

भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म ४ दिन मनाइने यो चार्डमा शिवको आराधना गरिनुका साथसाथै नाचगान गरि मनोरञ्जन गर्ने गरिन्छ । पौराणिक मान्यता अनुसार भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । त्यो दिन यहि हरितालिका तीजको दिन थियो । त्यही दिनदेखि महिलाहरुले श्रीमानको दिर्घयूको कामना गर्दै ब्रत बसी शिवजीको पुजाआज गरि तीज मनाउदै आएको देखिन्छ ।

हिन्दू महिलाहरुले स्वतन्त्र र आनन्दमय पर्वको रुपमा मनाउदै आएको तीज अन्य धर्म र जातजातिका महिलाहरुले पनि हर्षउल्लासका साथ मनाउन थालेका छन् । तर पछिल्लो समय पर्वको नाममा तडकबडक बढ्न थालेको देखिन्छ । यसै सन्दर्भमा विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका महिला अभियान्तहरुले तीजलाई संस्कृति जोगाउँदै सरल र सभ्य रुपमा मनाउनुपर्ने सन्देश दिएका छन् ।

अष्टलक्ष्मी शाक्य
उपाध्यक्ष, नेकपा एमाले 

मैले अहिलेसम्म तीज मनाउने गरेकी छैन । तर तीज कार्यक्रममा भने सहभागि हुने गरेकी छु । पछिल्लो समय तीज अलि धेरै नै तड्कभडक हुँदै गएको छ । आम महिलाहरुले समान रुपमा तीज मनाउन सक्ने वातावरण हुन सकिरहेको छैन । तीजलाई सरल र तडकभडक रहित मनाउन सवैलाई सन्देश दिन चाहन्छु । परम्परा जोगाउने नाममा श्रीमानको लामो आयुको निम्ती भोकै व्रत बस्ने चलनलाई पनि तोड्नुपर्दछ ।

दुर्गा सिंह
प्रहरी उपरिक्षक (एसपी), जिल्ला प्रहरी कार्यालय दाङ

तीजको अघिल्लो दिन आज हामी सम्पूर्ण प्रहरी महिलाहरुलाई दर खुवाएर तिज मनाउँदैछौ । भोली तीज भएपनि विभिन्न ठाउँमा तीज कार्यक्रम हुने भएकाले हामी सवै महिला प्रहरी पनि जनताको सुरक्षाका लागि डिउटीमा खटिनुपर्छ । हाम्रो जिम्मेवारी र तीज भनेको नै सर्वसाधरण जनतालाई ढुंकसंग तीज मनाउन सक्ने वातावरण सिर्जना गर्ने हो । म पनि भोली डिउटीमा नै हुन्छु ।

तीज दिदीबहिनीहरुको महापर्व हो । यसलाई हामीले अर्को पुस्तामा पनि हस्तातरण गर्नुपर्ने हुन्छ । तर पर्व मनाउदा सरल, सभ्य, तडकभडक रहित, देखासिखकी नगरी मनाउनुपर्छ । ब्रत बस्ने साथीहरुलाई आफ्नो आस्था जोगाउदै फल, पानी खाएर स्वास्थ्यको ख्याल राख्न पनि सुझाव दिन चाहान्छु ।

                                                                                                                                                                                                         यशोदा तिम्सिना
                                                                                    सूचना आयुक्त, राष्ट्रिय महिला आयोग

तीज हामी सवैको पर्व हो, परम्परा पनि । त्यसैले आफन्त, साथीभाई र इष्टमित्रहरुलाई भेटघाट र भावना साटासाट गरेर मनाऔँ । तर श्रीमानको आयुको लागि निरहार व्रत नबसौं । आफन्त, दाजुभाई र श्रीमानले पनि दिदीबहिनी, श्रीमतीलाई उपहार दिदा उनीहरुको ज्ञान बढ्ने किताबहरु दियौं ।

तीजको दिन कार्यालय खुल्ने भएकाले दिनमा म अफिसियल कामका लागि राजदूतवास जानेछु । त्यहाँबाट फर्किएपछि घरमै छोराछारी, आफन्त र दिदीबहिनीसंग तीज मनाउने योजना छ । मैले तीजमा निरह व्रत बस्ने गरेकी छैन । फल, दूध खाएर व्रत बस्ने गरेकी छु ।

भोली भीडभाड बढी हुनाले म मन्दिर पनि जाँदिन । बचेको समय राधाकृष्ण मैनालीको नलेखेको इतिहास, डा. राजु अधिकारीको यस्तो होस् जीवनशैली र अंग्रेजी पुस्तक मुराकारी पढ्ने योजना बनाएकी छु ।

मन्जु गुरुङ
अध्यक्ष, पौरखी नेपाल

मैले आजसम्म तीजमा व्रत बसेको छैन । तीजका लागि भनेर मैले विषेश केही गर्ने गरेको पनि छैन । यदापि परिवारसँगै बसेर तीज मनाउने गर्छु । भोली पनि परिवारसंगै बसेर तीज मनाउँछु ।

तीजमा अहिले विकृती मौलाउदै आएको छ । त्यसैले अनावश्यक रुपमा गरगहना लगाउने, बढी खर्च गरेर प्रतिप्रर्धा गर्ने हैनकि, आफ्ना दिदीबहिनी, साथी, आफन्तसंग मायाप्रेम, आत्मीयता साटासाट गरेर तीज मनाऔं । धार्मिक र सामाजिक आस्था जोगाउने नाममा विकृति ल्याउनुहुदैन ।

मन्जु मलासी

मेयर, दिपायल सिलगढी नगरपालिका डोटी

म व्रत बस्ने भएकाले मन्दिर गएर पुजाआज गर्ने जान्छु । म निरहार व्रत बस्दिन फल, दुध खाएरै बस्छु ।

वषौपछि दिदीबहिनी माइती आएका हुन्छन् । उनीहरुसंग भेटघाट नाचगान गर्ने, मनका भावना साटासाट गरेर तीज मनाउने हो । हाम्रा दिदीबहिनी धेरै भारतमा रोजगारका लागि जानुभएको हुन्छ । उहाँहरु वर्षपछि तीज मनाउन आएका छन् । उहाँहरुसंगै दुखसुखका कुरा गर्दैै रमाइलो गरी मनाउने छु ।

हामीले तीजको राम्रो संस्कारलाई अगालौं । नराम्रो हटाउँदै जानुपर्छ । आजभोली मौलिक गीतसंगीत हराउदै गएको छ । आफ्नो मौलिक संस्कार नर्बिसी तीज मनाउन सबैलाई आग्रह गर्दछु । बढी तड्कभड्क, देखासिकी नगरौं । सभ्य तरिकाले तीज मनाऔं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: