अफगानी एसिड हमलाको घटनामा वर्षौपछि फेरि दुःखद मोड


प्रकाशित मिति :2017-08-24 10:50:57

–महिला खबर–

काठमाडौं । अफगानी प्रान्त कुन्दुजमा बस्ने २३ वर्षीया मुमताज १८ वर्षको हुँदा एसिड आक्रमणको शिकार भएकी थिइन् र यातनाकारीले जेल सजाय पाएको थियो ।

यो अफगानिस्तानको महिला अधिकारको संघर्षमा दुर्लभ कानुनी विजय थियो र पीडित महिलाकोलागि न्याय संभव छ भन्ने प्रमाणपनि यसले दिएको थियो ।  तर मुमताजको कथामा न्यायले केहीपनि दिएन।  वियोग मात्र दियो ।

गत महिना  उनको श्रीमान् उनका एसिड आक्रमणकारीका नातेदारहरुबाट मारिए । जब उसलाई घर ल्याइयो उनले  श्रीमान्को खल्ती छामिन् । उनले अफगानी २००० (झन्डै २८ डलर भेटिन्) । यही पैसा मात्र थियो उनकालागि श्रीमान्ले छोडेको ।

गत हप्ता त्यही पैसा पनि सकियो। उनकी १८ महिनाकी छोरी आस्मा विरामी भईन्  र मुमताजले डक्टरकालागि त्यही पैसा खर्च गरिन् ।

मृत्यु हुनु भन्दा अगाडि उनका श्रीमान् मोहमद खानले उनकालागि  धूलो दूधको ठूलो बट्टा ल्याइदिएका थिए । तर मुमताज र आस्मासँग चिया र रोटी वाहेक खानेकुरा ज्यादै थोरै थिए त्यसैले त्यो दूध गएको हप्तानै  सकियो । “मसँग केही पनि छैन । आशा पनि छैन,”  उनले भनिन् ।

उनको दोस्रो बच्चा समयभन्दा एक महिना अगाडि नै जन्मियो। बच्चा स्वस्थ थियो। त्यहाँ कुनै खुसी थिएन । “दुई दिनसम्म त छोरीतर्फ हेर्न पनि सकिन,” उनले भनिन् ।

मुमताजको आफ्नो परिवारका सबै जना बाबु, आमा, दाजु, भाइ,  दिदी र  बहिनी टर्कीश शरणार्थी शिविरमा अड्किएका छन् । उनलाई केही सहयोग पठाउन सक्दैनन् । उनी मृतक श्रीमानको परिवारसँग बस्छिन् । उनको परिवार एकदमै गरीब छ  र आफै मारिने डरले आफ्नो जमिनमा काम गर्न पनि सक्दैनन् ।

यदि कसैले सहयोग गर्न चाह्यो भने पनि तालिवान विद्रोहीले कुन्दुज क्षेत्रभरि सरकारी अधिकारी र दातृ समूहलाई निषेध गरेको छ ।

महिलामाथि हुने  हिंसा अन्त्य गर्नेसन्दर्भमा अफगानिस्तानको सफल प्रयासको कथा भनेर एक पटक चिनिएको उत्त घटनाको यो दुःखद अन्त्य हो । मुमताजको स्थितिले देखाउँछ सशस्त्र द्वन्दकोबीच  महिलामाथि हुने हिंसा अन्त्य गर्नु कति कठिन छ ।

मुमताज सन् २०११ मा एसिड हमलाको शिकार भएकी थिईन् । हमलाको नाइके तत्कालीन सरकारको समर्थन गर्ने तर छापामार समूहमा आवद्ध थियो । उसले मुमताजले आफूसँग बिहे गर्ने बाचा गरेको दावी ग¥यो । जब मुमताजलेअरुसँग  बिहे गर्ने निर्णय गरेको थाहा पायो उ क्रोधित भयो। आफ्ना छापामार साथीहरुलाई साथ लिएर  उनी, उनका दुई किशोरी बहिनीहरु र आमामाथि एसिड खन्यायो  र मुमताजको अनुहार नराम्रोसँगे बिगारिदियो।

मुमताज र उनको परिवारले केही न्याय त देखे नत्र यस्ता घटना साधारणतया सजाय नभई छाडिन्थे । सरकारी अधिकारीहरुले महिलामाथि हुने हिंसा विरुद्धको एैनले भर्खरै प्रदान गरेको शक्ति र कठोर सजाय प्रयोग गर्दै  अघि बढे र यातनाकारी र चार मतियारहरुलाई गिरफ्तार गरे र जमानत नहुने गरी १२ वर्षको जेल सजाय दिए।

मुमताज र उनकी एक बहिनीलाई अनुहारको अप्रेशनका लागि भारत पठाइयो । उनको मंगेदरले उनलाई बिहे नगर्ला भन्ने डर थियो । त्र उनीहरुको विवाह भयो। तीन वर्षपछि उनीहरुकी छोरी आश्माको जन्न भयो।

सन् २०११ मा एसिड हमला गर्ने  नासिर पाँच महिना अघि  समातिए  र अहिले जेलमा छन्। गा्रमीण कुन्दुज प्रान्तको उनको गाँउ तालिबानको नियन्त्रणमा थियो।  नासिरको नातेदारले उत्त मुद्दा फिर्ता लिन माग  गरेका थिए तर मुमताजको बावु सुल्तान मोहमदले अस्विकार गरे। त्यसपछि उनीहरुले मुमताजका दाजुलाई अपहरण गरे जो गाँउका बुज्रुकहरुको हस्तक्षेपपछि रिहा भए ।

नासिरका मान्छेबाट नराम्रोसँग कुटिएका सुल्तान मोहमदले आफ्नो देश छाड्ने  निर्णय गरे । “म उनीहरुसँग लड्न सक्दिनँ। म त्यहाँ बस्न सक्दिन, त्यसैले मैले मेरो संपूर्ण परिवार लिएर टर्कीतिर भागें,”  उनले भने, “मैले ठाने तिनीहरुले मेरा छोरी र ज्वार्इंलाई नोक्सान पुर्याउने छैनन् ।”

मुमताजले भनिन्  उनका श्रीमान् मोहमद (२७) ट्याक्सी चालक   थिए र कामबाट घर फर्किंदै गर्दा नासिरको दाजु जाबी र अर्को मान्छे बाबाले उनलाई  बाटोमा रोके र घिसारेर ट्याक्सीबाट बाहिर निकाले अनि राइफलको कुन्दाले नमरुन्जेल कुटे ।  ती दुबैलाई हत्याको आरोप लागेको थियो तर सरकारी अधिकारीहरु सुरक्षित रुपमा त्यहाँ जान नसकेका कारण पक्राउ परेका छैनन् ।

अहिले मुमताज  आफ्ना यातनाकारीहरु विरुद्ध मुद्दा दर्ता गरेकोमा खिन्न छिन्। “मेरो श्रीमान्लाई मार्नुअघि उनीहरुलाई क्षमा नगरेकोमा मलाई पश्चाताप छ ।  उनीहरुले त्यसका लागि अनुरोध गरेका थिए । तर हामी धेरै ढिलो भयौं ।यसको मूल्य मैले मेरो श्रीमान गुमाएर चुकाउनु पर्यो,” उनले भनिन् ।

 “मलाई थाहा छैन यो सब परिस्थितिको सामना उनले कसरी गर्लिन् । उनका सासु र ससुरा बदला लिन अथवा उनको सुरक्षा गर्न सक्षम छैनन्।  तिनीहरु धेरै गरिव छन्। उसले जसरी पनि बाहिर निस्कनु पर्छ,” मुमताजका बाबुले भने।

‘अफगान महिलाका लागि महिला’ नामक संस्था मुमताजको मुद्दामा संलग्न थियो र प्लास्टिक सर्जरीको लागि रकम उपलब्ध गराएको थियो ।

“उनको मुद्दा सबै भन्दा पुराना मुद्दाहरु मध्यको एक होे,” संस्थाकी प्रान्तिय निर्देशक शर्मिला साहिव्जादाले भनिन्, “हामी धेरै चाहन्थ्यौं कि उनी हाम्रो संरक्षणमा रहून्, तर दुर्भाग्य उनीसँग  हाम्रो कुनै पहुँच नै छैन ।”

प्रहरीले  भनेका थिए उनीहरुले मुमताजको उद्धार गर्ने छन् तर त्यहाँ लडाईं भइन्जेल सकेनन्।

“मसँग उसले छोडेको केही पनि छैन, तर म अझै उसलाई माया गर्छु,” उनले भनिन्, “यसरी बाँच्न धेरै गाह्रो छ । दुःख बाँंड्ने कोही पनि छैन । मलाई थाहा छैन मेरा छोरीहरुको भविष्य कस्तो हुनेछ ।”

साभारः–एयफपी

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: