महिला खबर
–तारा पौडेल –
पोखरा । सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमूना वर्षा शर्मा “क्रियाशील महिला पत्रकारिता सम्मान २०७४” बाट सम्मानित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट समाज विकासको कार्यमा सहयोग पुर्याएको भन्दै शर्मालाई हिमालय क्लवले आयोजना गरेको बाटुलेचौर तीज मेलाको अवसरमा सम्मान गरेको हो ।
पोखरा एक्सप्रेसका प्रधान सम्पादक समेत रहेकी वर्षा महिला खवर डट कममा पनि आवद्ध छिन् ।
कार्यक्रममा पत्रकार वर्षासहित लोकदोहोरी गायिका ज्योति लोहनी गुरुङ, माया गुरुङ, ह्याण्डबलका राष्ट्रिय खेलाडी विशाल खड्का, विशाल बस्नेत र सहयोगी संस्थाको रुपमा मैदान आमा समूह सम्मानित भएका छन् ।
सम्मानित सबै व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, सांसद शारदा पौडेल, कुमार खड्का, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, मेला संयोजक बेनीबहादुर बस्नेत, श्रष्टा छनौट समितिका संयोजक उदयबहादुर बस्नेत, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठले सम्मान पत्र सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जेदेवी गुरुङले सँस्कृति संरक्षण र पहिचानका लागि समाजका हरेक व्यक्ति र संस्थाहरु जुट्नुपर्ने बताउनुभयो ।
Comment Here!