‘नुन भुटुन जुटाउन चौंरी पाल्छु’


प्रकाशित मिति :2017-08-25 14:24:02

-महिला खबर स‌‍‌‍ंवाद-

दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङकी पार्वती थामी ५० वर्षको हुनुभयो । उहाँ दोलखाको सफल चौरी व्यवसायी हुनुहुन्छ । १२ वर्षदेखि हिमाली क्षेत्रमा चौंरीपालन व्यवसायमा रमाई रहनु भएको पार्वती यो व्यवसायबाट परिवारको गुजारा चलेको बताउनुहुन्छ । सरकारले चौंरीको लागि चरनको व्यवस्था र चांैरीबाट उत्पादित वस्तु बिक्रिको लागि बजार व्यवस्थापन गरिदिने हो भन अझ राम्रो आम्दानी गर्न सकिने बताउने पार्वतीसँग दोलखाबाट महिला खबर सहकर्मी सर्मिला बुढाथोकीले गर्नुभएको कुराकानीको संक्षेप ः–

– चौरी पालन व्यवसाय गर्न कतिको सजिलो छ ?

मैले व्यसायिक रुपमा चौरी पाल्न लागेको १२ वर्ष भयो । चौंरी पाल्न सोचे जस्तो सजिलो त छैन तर यसलाई आफैले सजिलो मानेर गर्नु पर्छ । चौंरी गोठ समय समयमा सारिरहनु पर्छ । वन भरी डुलेर चांैरी खोज्नु पर्छ । बाँधेर पाल्न सकिदैन । लड्यो कि ? म¥यो कि ? भनेर खोज्न हिँड्नु पर्छ । चरण क्षेत्रको पनि समस्या नै छ ।

– तपाईंले अरु व्यवसाय नरोजेर चांैरी पालन नै किन रोज्नुभयो ?

हाम्रो लेकको ठाउँ हो । धेरै चिसो र हिँउ पर्ने भएकाले खान पुग्ने गरी अन्न फल्दैन । चौरी नपाले त हाम्रो नुन भुटुन खाने बाटो नै हँुदैन । आन्दानी भएन भने कसरी बाँच्ने ? विरामी हुँदा के ले उपचार गर्ने ? आफ्नो खाँचो टार्नको लागि पनि चौरी व्यवसाय भन्दा अरु विकल्प नै भएन ।

– चौरी पालनबाट वार्षिक आम्दानी कति हुन्छ ?

अहिले मसँग २१ ओटा चांैरी छन् । चौरीको दुधबाट घ्यु, चिज, छुर्पी बनाएर बेच्छु । यि सबैको उत्पादन खर्च कटाएर गरेर वर्षको १ लाख रुपैयाँ जति कमाई हुन्छ ।

– उत्पादन भएका सामानको उचित मुल्य पाउनुभएको छ त ?

चौरीबाट उत्पादन भएका दुग्धजन्य पर्दाथहरुले परिश्रम अनुसारको मुल्य पाउन सकेको छैन । बजारमा धाएर बच्दा बढि खर्चिलो हुन्छ । हामीले ठेकेदारलाई बेच्ने हो । ठेकेदारले बजार भाउ अनुसारको मूल्य दिँदैनन् । सस्तोमा दिनु पर्छ नत्र सामान कटाउनै गाह्रो पर्छ ।

– चांैरी पालन व्यवसायबाट अघिक लाभ पाउन के गर्नुपर्ला त ?

हामीले चौंरी व्यवसाय सुरु गरेको लामो समय भयो । तर, अहिलेसम्म सरकारी तथा गैर सरकारी कुनै पनि निकायले सहयोग गरेको छैन । त्यसैले चौंरीबाट उत्पादन भएका दुग्धजन्य पर्दाथ बित्रीm वितरणको लागि बजारको सहज व्यवस्था, चरनको सहज व्यवस्था र चौंरी खरीद गर्न सरकारले अनुदानको व्यवस्था गरिदिए अझ धेरै चौंरी पालन गरी उत्पादन बढाएर थप आम्दानी गर्न सकिने थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: